Uncategorized

अगष्ट महिनाको अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२१अगष्ट महिनाको लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ।१अगष्ट देखि ३१अगष्टसम्मको लागि बिभिन्न एयरलाइन्सहरुको उडान तालिका सार्वजनिक गरेको हो।प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमले दुबई,मलेसिया,भारतको नयाँ दिल्ली र जापानको नारिताका लागि थप अनुमति पाएको छ।प्राधिकरणले अगष्ट महिनाभर सातामा कूल ६७उडान गर्ने गरी उडान तालिका सार्वजनिक गरेको छ।

नेपाल वायुसेवा निगमले दुबईका लागि साताको दुई  (सोमबार र बुधबार),मलेसियाको क्वालालम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार),भारतको नयाँ दिल्लीमा साताको तीन दिन  (सोमबार,बुधबार र शनिबार),र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको छ ।दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ ।

हिमालय एयरलाइन्सले मलेसिया,दुबई र कतारको दोहाका लागि अनुमति पाएअनुरुप मलेसियाको क्वालालम्पुरमा  (आइतबार,बुधबार,बिहीबार,शुक्रबार र शनिबार)पाँच उडान गर्नेछ।दुबई इन्टरनेशनल एयरपोर्टमा समेत साताको तीन (सोमबार,बुधबार र शनिबार)उडान गर्नेछ।कतारको दोहामा भने सोमबारदेखि शुक्रबारसम्म साताको पाँच उडान गर्न अनुमति पाएको छ ।

एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार,मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ।त्यसैगरी फ्लाई दुबईले दुबईबाट मंगलबार,बुधबार र शुक्रबार गरी सातामा तीनवटा उडान गर्न अनुमति पाएको छ ।

जजिरा एयरवेज,कोरियन एयर,मालिन्दो एयर,मलेसिया एयरलाइन्स,कतार एयरवेज,सलाम एयर,टर्कीस एयरलाइन्स,सिंगापुर एयरलाइन्सको उडान तालिका पनि सार्वजनिक भएको छ ।जजिरा एयरवेजले कुबेतबाट हरेक दिन नेपाल उडान भर्नेछ भने कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान भर्नेछ ।त्यसैगरी मालिन्दो एयरले क्वालालम्पुरबाट सोमबार,बुधबार र शनिबार काठमाडौं उडान भर्ने अनुमति पाएको छ ।

मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौं उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले (सोमबार,बिहीबार र शनिबार)नेपाल उडान भर्नेछ ।त्यसैगरी सिंगापुर एयरलाइन्सले हप्ताको एक दिन आइतबार नेपाल उडानको अनुमति पाएको छ ।कतार एयरवेजले भने कतारको दोहाबाट काठमाडौं दैनिक २उडानको अनुमति पाएको छ ।सलाम एयरले भने ओमनको मस्कटबाट आइतबार,मंगलबार र बिहीबार नेपालमा उडान भर्ने अनुमति पाएको छ ।

 

 

 

 

Comment here