Uncategorized

अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा कुल ५३उडान हुने

काठमाडौं ।सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरी अव सातामा कुल ५३वटा उडान हुने निर्णय गरेकाे छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाए बमोजिम यसअघि उडान खुला गरेका गन्तव्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप गरिएको हाे।                                                                                    प्राधिकरणका अनुसार भारतकाे राजधानी नयाँदिल्लीमा सातामा दुई उडान मात्र हुनेछ ।यसमध्ये एउटा उडान नेपाल वायुसेवा निगमले (बुधबार )र अर्का उडान एयर इण्डियाले (साेमबार) गर्नेछन् ।त्यस्तै युएईकाे दुबईमा नेपाल वायुसेवा निगमले मंगलबार र बिहीबार ,हिमालय एयरलाइन्सले आईतवार ,मंगलबार र बिहीबार तथा फ्लाई दुबईले आईतवार ,बुधबार र शुक्रबार एक/एक उडान गर्नेछन् ।कतारकाे दाेहामा भने नेपाल वायुसेवा निगम र कतार एयरवेजले हरेक दिन एक/एक उडान गर्नेगरी हप्ताभरीकाे अनुमति पाएका छन्।त्यसैगरी हिमालय एयरलाइन्सले दाेहामा साेमबार ,बुधबार र शनिबार जहाज उडाउने अनुमति पाएकाे छ।

Comment here