Uncategorized

अन्तर्राष्ट्रिय हवाई उडान आजदेखि बन्द

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुने भएकाे छ।बैसाख १९गते बसेकाे मन्त्रिपरिषद बैठकले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रणका लागि आजदेखि बैसाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान राेक्ने निर्णय गरेअनुरुप आज राति १२बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने भएकाे हाे।आन्तरिक उडान बैसाख २१गते रातिदेखि नै बन्द भइसकेका छन्।अत्यावश्यक पर्दाभने आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने जनाइएको छ,जसअनुसार हिजाे मात्रै दुई जहाज कम्पनी र १०हेलिकप्टर कम्पनीले आन्तरिक तर्फ ४१उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

Comment here