Uncategorized

अन्नपूर्ण क्षेत्रमा नयाँ रोडम्याप बनाउन सुझाव

काठमाडौं । कोरोना महामारीका कारण नेपालको पर्यटन उद्योगले भोग्नुपरेको क्षतिलाइ ध्यानमा राखी नयाँ क्षेत्र बिस्तारका लागि नयाँ रोडम्याप सिर्जना गर्न बिश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय बित्त निगम  (आईएफसी)ले सुझाव दिएको छ।आईएफसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा कोरोनाको महामारीपछि स्थानीय अर्थतन्त्र उकास्नका लागि धेरै खर्च गर्ने  पर्यटन ल्याउन सकिने उल्लेख गरिएको छ।पदयात्राका लागि बिश्वमैं प्रख्यात अन्नपूर्ण क्षेत्र लामो समयदेखि नेपालको सबैभन्दा लोकप्रिय गन्तव्य हो।कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा २लाख ३०हजार जनाको रोजगार जोखिममा परेको छ भने २०हजार टुर र ट्रेकिङ गाइड बेरोजगार भएका छन् ।

Comment here