Uncategorized

अन्नपूर्ण हिमालकाे चुचुराेमा पहिलाे नेपाली महिलाटाेली

काठमाडौं ।यस बर्षकाे बसन्तकालीन हिमाल आराेहण अन्तरगत शुक्रबार ८हजार ९१मिटर उचाइकाे अन्नपूर्ण (प्रथम)हिमाल पहिलाेपटक ६जनाकाे नेपाली महिलाकाे टाेलीले आराेहण गरेका छन्।                                        “कठिन र ज्यानमारा”भनेर आराेहिहरुबीच पहिचान बनाएकाे अन्नपूर्ण (प्रथम)हिमाल आराेहण पहिलाेपटक सन् १९५०जुन ३मा फ्रान्सेली पर्वताराेही माैरिस हर्गाेजले गरेका थिए र उनले यस हिमालमा हिंडेकाे पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले “माैरिस हर्गाेज”नाममा प्रवर्द्धन गरेकाे पाइन्छ।                                                                                                     पर्यटन विभागले यस सिजनमा अन्नपूर्ण हिमाल आराेहणका लागि ४वटा आराेहण दलकालागि ८महिलासहित ४४जना विदेशीलाई मात्रै अनुमति दिएकाेमा विदेशी आराेहिहरुका सहयाेगीका रुपमा गएका ६जना नेपाली महिलाहरुले पनि शुक्रबारैैअन्नपूर्ण सफल आराेहण गरेका छन्।जसमा गाेरखा घर भएकी फाेेेेटाे पत्रकार पूर्णिमा श्रेष्ठ ,अोखलढुँगाकी माया शेर्पा,दाेलखाकी दावा याङजेन शेर्पा,दावा फुटी शेर्पा ,काभ्रेकी शर्मिला तामाङ र साेलुखुम्वुकी पासाङ ल्हामु शेर्पा छन्।उनीहरु सवै आराेही हुन् तथापि यस सिजनमा अन्नपूर्ण (प्रथम)हिमाल आराेहण दलमा सदस्यका रुपमा नभई पथप्रदर्शक र उचाइका कामदारकाे भूमिकामा गएकाे पर्यटन विभाग स्रोत बताउँछ ।                                                                                    मुस्ताङको घाँसा हुँदै अन्नपूर्ण प्रथम आराेहण गर्न जाने नर्थ बेसक्याम्पकाे बाटाे १४दिन लामाे र जाेखिमपूर्ण मानिएकाे परिप्रेक्ष्यमा अन्नपूर्ण गाउँपालिकाले प्रवर्द्धन गरेकाे यस “माैरिस हर्गाेज”पदमार्गबाट अन्नपूर्ण (प्रथम) आराेहण गर्ने प्रथम महिला आराेही टाेलीलाई अन्नपूर्ण गाउँपालिकाले ४लाख र अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनबाट २लाख २५हजार नगद आर्थिक  सहयाेग प्रदान गरेकाे बुझिन्छ ।”अन्नपूर्ण हिमालकाे चुचुराेमा पहिलाेपटक नेपाली महिलाको पाइला पुगेकाे खवरले खुसी छाैं र आराेहीलाई स्वागत गर्न आतुर छाैं” भन्दै अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफु निकै हर्षित भएको बताउनु हुन्छ।

Comment here