Uncategorized

अब निगमका जहाजले मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिट्ठीपत्र लैजाने

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिट्ठीपत्र ओसार पसार गर्ने सम्बन्धमा निगम र हुलाक सेवा विभागबीच सम्झाैतामा हस्ताक्षर भएकाे छ।सम्झाैतामा निगमका महाप्रबन्धक डिमप्रकाश पाैडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेकाे निगमले विज्ञप्ति मार्फत जनाएको छ।                                                                                   विभागले विभिन्न हवाई कम्पनी मार्फत साे काम गराइरहेकाेमा अब उप्रान्त निगम मार्फत मात्र सामान तथा चिट्ठीपत्र ढुवानी हुनेछन् ।यसबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको कराेडाै रुपैयाँ देश भित्रै रहि विदेशी मुद्रा संञ्चितीमा सहयोग पुग्ने विश्वास गरिएको छ।      दुई वाइड बडी र दुई न्याराे बडी जहाज मार्फत निगमले विभिन्न सात देशका नाै गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएकाे छ।सन् २०२१ जुलाई १देखि उक्त सम्झौता लागू हुने जनाइएको छ।

Comment here