Uncategorized

अब हिमालय एयरलाइन्सकाे टिकट अनलाइनबाटै

काठमाडौं । हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ शुरुआत गरेकाे जनाएको छ।अव ग्राहकले आफ्नै डेक्सटप वा माेबाइलबाट एयरलाइन्सकाे वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।                         प्रारम्भिक चरणमा कनेक्ट आईपिएस प्रयाेग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुकासाथै अन्य सेवा जस्तैः उडान र भाडाबारे जानकारी ,टिकट फिर्ता ,ग्राहक सेवा ,ढिलाई प्रमाणपत्र ,नि:शुल्क टिकट एक्सचेञ्ज ,ई-टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणकाे सुविधा लिनसक्ने कम्पनीले जनाएको छ।यसकाे अलावा एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवा जस्तैः ब्यागेजकाे पूर्व बुकिङ ,सीट ,खाना चयन ,लाउन्ज बन्डल भाडा ,एसएमएस सूचना ,कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने याेजना बनाएकाे जनाएको छ।                                             नयाँ वेबसाइटबारे एयरलाइन्सका अध्यक्ष जाेउ इन्याेङ् भन्नुहुन्छ -“हाम्रा ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छाैं।”त्यस्तै उपाध्यक्ष बिजय श्रेष्ठले अनलाइन सेवा कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै हिमालय एयरलाइन्स सँधै आफ्ना ग्राहकसँग नजिककाे सम्बन्ध कायम राख्न समर्पित भएकाे जिकिर गर्नु भएकाे छ।

Comment here