Uncategorized

अमेरिकाले उपलब्ध गराएकाे १५लाख डाेज खाेप नेपाल आईपुग्याे

काठमाडौं । अमेरिकाले काेभ्याक्समार्फत नेपाललाई अनुदानमा उपलब्ध गराएको जाेन्सन एण्ड जाेन्सन कम्पनीको १५लाख ३४हजार ८सय ५०डाेज काेराेनाबिरुद्धकाे खाेप साेमबार बिहान काठमाडौं आईपुगेकाे छ।नियमित उडानमा दाेहाबाट आउने कतार एयरवेजकाे विमानबाट उक्त खाेप नेपाल ल्याईएकाे हाे।           अमेरिकी राजदूत -याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयाेजना गरिएको एक पत्रकार सम्मेलनबीच उक्त खाेप स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगाेपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।साेहि पत्रकार सम्मेलनमा राजदूत बेरीले साे खाेप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिईएकाे प्रष्टपार्दै साे खाेप आफुहरुकाे कुनै स्वार्थपूर्तिका लागि नदिएकाे जानकारी दिए।पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री कृष्णगाेपाल श्रेष्ठले साे खाेप ५०देखि ५५उमेर समूहका नागरिकलाई दिईने जानकारी दिए।                                       जाेन्सन एण्ड जाेन्सनकाे याे खाेप एक डाेज मात्र लगाए पुग्ने खाेप हाे भने यसअघि नेपालमा दिईएकाे भारतीय कम्पनीको काेभिशिल्ड र चिनियाँ कम्पनीको भाेराेसेल खाेप दुई दुई डाेज दिनुपर्ने खाेप हुन्।

Comment here