Uncategorized

अयाेध्यापुरीमा सीतारामकाे मूर्ति प्रतिस्थापन

काठमाडौं ।श्री रामनवमीका अवसरमा आज चितवनकाे माडीस्थित अयाेध्यापुरीमा सीतारामकाे मूर्ति प्रतिस्थापन गरिंदैछ।प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिकाे पूजागरी रथयात्रा टाेलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गर्नुभएको थियाे।बिदाईपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्राेच्चारणसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल नेतृत्वकाे टाेली सहितकाे रथयात्रा पृथ्वी राजमार्गहुँदै बेलुकी देवघाट पुगेकाे थियाे र त्यहीँ बास बसेकाे थियाे।आज श्रीरामनवमीका दिन बुधबार बिहान देवघाटमा स्नान,पूजा आराधना गरी चितवनकाे माडीस्थित अयाेध्यापुरी आइपुगेको हाे।अयाेध्यापुरीमा आज मध्याह्न १२.३०बजेकाे शुभ साइतमा मूर्ति प्रतिस्थापनपछि पूजा,आराधना,भजनकीर्तनलगायत कार्यक्रम हुने बताइन्छ।रथयात्रामा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव काेइराला,पुरातत्व विभागका महानिर्देशक दामाेदर गाैतमलगायत काेषका पदाधिकारी सहभागी हुनुभएकाे पाइन्छ ।                                                                          रामनवमीका दिन श्रीरामकाे व्रत,उपवास गरी पूजा आराधना गर्नाले याे लाेकमा सुख,शान्ति र परलाेकमा सद्गति पाइने रामायणलगायत हिन्दू धर्मग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ।आज देशभर रहेका राममन्दिरमा विशेष पूजा गरिन्छ।                                                                   गत बर्ष असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ रामकाे जन्मभूमि ‘ अयाेध्यापुरीमा राम,सीता,लक्ष्मण र हनुमानका मूर्ति राख्ने घाेषणा गर्नुभएको थियाे।चितवनकाे अयाेध्यापुरीले धार्मिक पर्यटनमा नयाँ आयाम थपेको छ।

Comment here