Technology

आजदेखि दैनिक ६४वटा आन्तरिक हवाई उडान हुने

काठमाडौं , काेेराेनाकाे संक्रमण बढ्दै गएपछि निषेधाज्ञासँगै अनिश्चितकालका लागि राेकिएकाे आन्तरिक हवाई उडान आजदेखि सुरु भएकाे छ।कुल उडान क्षमताको ५०प्रतिशत नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणलाई सरकारले निर्देशन दिएकाे थियो ।प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनु भए अनुसार बिहान ६बजेदेखि बेलुकी ६बजेसम्म आन्तरिक हवाई उडान शुरु भएको छ।स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान सञ्चालन गर्नुपर्नेछ ।उडान अनुमति पाएकामध्ये बुद्ध एयरले ३१,यति एयरले १५,श्री एयरलाइन्स सात,साैर्य एयर तीन,नेपाल एयर दुई ,तारा एयर दुई ,समिट एयर दुई र सीता एयर दुई गरी दैनिक ६४वटा उडान हुने बुझिएकाे छ।निषेधाज्ञाअघि गत बैशाखमा दैनिक १सय ३०आन्तरिक उडान हुँदै आएकाे थियो ।

Comment here