Uncategorized

आजबाट सेताे मत्स्येन्द्रनाथको रथयात्रा

बर्षा र सहकालका देवता मानिने सेताे मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु भएकाे छ।प्रत्येक बर्ष चैत्र दशैंका दिन तीनधारा पाठशाला अघि ३२हात लामाेे रथ बनाएर त्यसमा मत्स्येन्द्रनाथलाई विराजमान गराई रथ तान्ने प्रचलन चलिआएको हाे।रथयात्राका लागि दिउँसो ३बजे केलटाेलस्थित मत्स्येन्द्रबहालबाट देवताकाे खट दरवारमार्ग स्थित तीनधारा पाठशाला अघि लगिन्छ र सबै प्रकृयाहरु पुरागरि रथयात्रा साँझ ६बजे सुरु गरिन्छ।पहिलो दिन आज रथ असन लगेर राखिन्छ।आजै बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले रथकाे दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ।भाेली  दाेस्राे दिन रथ असनबाट वसन्तपुरस्थित कालभैरव अगाडि लगिन्छ र तेस्रो दिन वसन्तपुरबाट लगन टाेल लगेर जात्रा गर्ने परम्परा छ।रथलाई असन,वसन्तपुर,जैसीदेवल,लगन लगायतका शहरकाे भित्री भागमा तीन दिनसम्म घुमाएपछि रथयात्रा मत्स्येन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ।सेताे मत्स्येन्द्रनाथ लाई नागराजकाे  प्रतिक मानिएकाे र जात्रा गरेपछि बर्षा र सह हुने धार्मिक बिश्वास परम्परागत रुपमा रहिआएको छ।       गतबर्ष काेराेनाकाे सन्त्राशका कारण लकडाउन गरिएपछि रथयात्रा राेकिएकाे थियाे।यस बर्ष जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनु पर्ने र साे काे लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागसंगकाे सहकार्यमा नि:शुल्क मास्क वितरणकाे ब्यवस्था मिलाईएकाे सेताे मत्स्येन्द्रनाथ रथ ब्यवस्थापन समितिले जनाएको छ।त्यसैगरी सावधानी अपनाउन रथभन्दा १५मिनेटअघि नै सांस्कृतिक बाजाकाे समुह हिंडाउने गरी तयारी गरिएको छ।एक दिन रथ तानेका युवाले अर्काे दिन नतान्ने व्यवस्था मिलाइएको र साे का लागि तीन रङ्गका ज्याकेट व्यवस्था गरिएको रथ व्यवस्थापन समितिले जनाएको छ।

Comment here