Uncategorized

आधुनिक धरहराकाे उद् घाटन

काठमाडौं ।बीसौं तलामा रहेकाे भ्यु स्टेसनमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले २२तले आधुनिक धरहरा उद् घाटन गर्नु भएकाे हाे।धरहराकाे निर्माण पुरै सकीन भने अझै नाै महिना लाग्ने बुझिन्छ ।लिफ्ट,रङराेगनलगायतका काम सकिएकाे आधुनिक धरहराकाे भित्री भागमा फलामको भर्याङ र बाहिरी क्षेत्रमा फाेटाे खिच्ने ठाउँ,पानीका फाेहाेरा,फाेहाेराहुँदै संग्रहालय जाने बाटो,पुरानाे धरहरामा भएका पुरातात्त्विक वस्तु ,टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामानकाे संग्रहालय ,तीनतले पार्किङलगायतका संरचना निर्माण हुन बाँकी छन्।आधुनिक धरहरा परिषरमा दुई तलाकाे संग्रहालय ,गिफ्ट सप र सानाे थिएटर पनि बन्न बाँकि रहेकाे बताइन्छ ।                                                        नवनिर्मित धरहराकाे बीसौं तलामा रहेकाे भ्यु स्टेसनमा पुगेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुँदा साेहि ठाउँबाट पुष्पवृष्टिसमेत गरिएको थियाे।साे अवसरमा धरहरा ढल्दा मृत्यु भएकाको परिवारलाई राेजगारी दिइने प्रधानमन्त्रीले बताउनु भयाे।२०७२बैसाख १२गतेकाे भुईंचालाेले धरहरा ढल्दा ६०जनाकाे ज्यान गएकाे थियाे।ती ज्यान गुमाएकालाई उद्घाटन कार्यक्रममा सम्मान गरिएको थियाे।राष्ट्रिय विभूति भीमसेन थापाले बनाएको धरहराकाे भुकम्पले भत्काउँदा बाँकी रहेको ठूटाे नवनिर्मित आधुनिक धरहराकाे छेवैमा संरक्षण गर्ने सरकारकाे याेजना रहेकाे उल्लेख गरिएको पाइन्छ।

Comment here