Uncategorized

आन्तरिक उडान असार १७देखि खुल्ने

काठमाडौं । नेपाल सरकारले आन्तरिक हवाई उडान असार १७ गतेदेखि खाेल्ने भएको छ।बढ्दाे काेराेना संक्रमणले राेकिएकाे उडान संक्रमित संख्या घट्दै गएकाेले उडान खाेल्न लागिएको हाे।विमानस्थलमा टर्मिनलकाे क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले १०मिनेटकाे अन्तरालमा जहाज उडान गर्नुपर्ने छ।नियमित उडानकाे आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।जसअनुसार बुद्ध एयरलाई दिनमा ३१उडान ,यति एयरलाइन्सलाई १५,श्री एयरलाइन्सलाई ७,साैर्यलाई ३र एसटिओएलतर्फ उडान गर्नेलाई तीन /तीन उडान गर्न स्विकृती दिइएको छ।यस्काे लागि सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्णरूपमा यात्रुले पालना गर्नुपर्ने जनाइएको छ ।विमानस्थल सुविधादेय समितिकाे आइतबार बसेकाे बैठकले स्वास्थ्य मापदण्ड कडाइसाथ लागुगर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएकाे बुझिन्छ ।

Comment here