Uncategorized

आन्तरिक हवाई उडानमा ५०प्रतिशत सीमा हटाइयाे

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा ताेकिएकाे ५०प्रतिशत सीमा हटाएकाे छ।अब वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा आफुलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।                                                  देशभर बाढी पहिराेकाकारण सडक यातायात अवरुद्ध भएकाे सन्दर्भमा वायुसेवा कम्पनीहरुले ५०प्रतिशत उडान खाेल्दा यात्रुकाे चाप नथेग्ने र भाडा समेत महँगो हुने गुनासो गर्दै उडान संख्या थप हुनुपर्ने माग गरेका थिए।सरकारले यस अघिकाे ५०प्रतिशत भनि ताेकिएकाे सीमा हटाएकाे बारे प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बिहीबार नै जानकारी गराएकाे हाे।प्राधिकरणका अनुसार उडान अनुमति माग्दा ताेकिएकाे स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पालना गर्नुपर्ने छ।त्यस्तै हरेक जिल्लाका स्थानीय प्रशासनबाट ताेकेका शर्त र मापदण्डसमेत हवाई सेवा कम्पनी र यात्रुले पालना गर्नुपर्नेछ ।

Comment here