Uncategorized

उच्च हिमाली जिल्लामा बेमौसमी हिमपात

बेमौसमी हिमपातले हिमालपारीकाे जिल्ला मुस्ताङका बासिन्दा अचम्मित भएका छन्।प्रत्येक बर्ष पुस,माघ,फागुनमा पर्नुपर्ने हिउँ यसबर्ष माैसमी उतारचढावकाे कारणले गर्दा बैैसाखमा आएर पर्नुले मुस्ताङको थासाङ लेतेदेखि उपल्लो मुस्ताङको लाेमन्थाङसम्म बाक्लाे हिमपातले सेताम्मै भएको छ।              केहि दिनयता माैसममा बदली भएपछि नियमित बर्षा भैरहेको र बुधबार रातिदेखि निरन्तर हिमपात हुँदा उच्च हिमाली क्षेत्रमा चिसो ह्वात्तै बढेको छ।बिगतका बर्षमा चैतकाे दाेस्राे  सातादेखि गर्मी माैसम सुरुहुने गरेकाेमा याेे बर्ष बैशाखमा हिमपात भइदिंदा यस क्षेत्रमा हुम्लाको तापक्रम माइनसमा झरेकाे छ भने सिमकाेटकाे तापक्रम माइनस चारमा झरेकाे छ।उत्तरी हुम्लाको नाम्खा,सिमकाेट र खार्पुनाथ क्षेत्रमा दुई फिट भन्दाबढी हिमपात भएकाे र सबैभन्दा बढी हिमपात नेपाल र चीनको सिमाक्षेत्र हिल्सामा भई बाक्लाे हिउँ जमेकाे त्यहाँका स्थानीयबासीहरु बताउँछन् ।लामाे समयपछि बर्षा र हिमपात हुँदा त्यहाँका किसान खुसीहुँदै खनजाेत गरेर छर्कने तरखरमा लागेको र याे बर्षा र हिमपातले असाेज कार्तिकमा उत्पादन हुने काेदाे,चिनाे,कागुनाे,मकै,सिमी र फापरका लागि अनुकुल हुने बताउँछन् ।                                हिजाे मुक्तिनाथदेखि माथिल्लो भूभागमा आंशिक हिमपात सुरुभई आज बिहान तल्लाे सतहसम्म बाक्लाे हिमपात भएपछि त्यस क्षेत्रकाे जनजीवन असहज भएको र मुस्ताङ भित्रीएका आन्तरिक पर्यटकहरुलाई पर्नजाने असहज परिस्थितिलाइ मध्यनजर गर्दै कागबेनीमैं उचित ब्यवस्थापन गरिएको र उनीहरूकाे स्वास्थ्यमा समस्या नपराेस् भनि घासादेखि उपल्लो मुस्ताङ र बिशेष गरी जाेमसाेम,मुक्तिनाथ र कागबेनीमा प्रहरी जवानहरुलाई तैनाथ गरी आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको छ भन्ने मुस्ताङका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीकाे भनाइ रहेकाे पाईन्छ।

Comment here