Uncategorized

उडान संख्या थप्न माग

काठमाडौं ।वायुसेवा सञ्चालककाे छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकार समक्ष माग गरेको छ।हाल ताेकिएकाे ५०प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान संख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्न‌ै नसकिने भएकाले संघले विज्ञप्तिमार्फत उडान संख्या थप्न माग गरेको हाे।                     “हामी यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलिने तरिकाले उडान गर्न प्रतिबद्धता ब्यक्त गर्दछौं ।सहज र सस्ताे उडानका लागि निषेधाज्ञाका अगाडिकै उडान संख्या बढाईदिन हार्दिक अनुराेध गर्दछौं “,विज्ञप्तिमा भनिएकाे छ।अहिलेकाे अविरल बर्षाले विभिन्न क्षेत्रमा बाटाेघाटाे,सडक र पुलपुलेसामा क्षति पुर्याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा राेकिएका भन्दै संघले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट पारेको छ।                                               हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेकाे हुँदा नेपाली एयरलाइन्सले संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाकाे कडाइकासाथ पालना गरिएको छ।स्यानिटाइजर,मास्क र फेशशिल्डकाे अनिवार्य प्रयाेग तथा उडानपिच्छै जहाजको संक्रमणरहित सरसफाइमा विशेष ध्यान दिएकाे संघले जनाएको छ।

Comment here