Uncategorized

उपत्यकाको सांस्कृतिक सम्पदा खतराको सूचीबाट हटाईयो

काठमाडौं । युनेस्कोले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीबाट हटाउने भएको छ।सन् २०१५मा गएको भूकम्पलगत्तै भूकम्पले ध्वस्त पारेको सम्पदाको पुनर्निर्माणमा प्रगति गर्न नसकेको जनाउँदै उपत्यकाको सांस्कृतिक सम्पदालाई खतराको सूचीमा राखिआएकोमा अहिले विश्वसम्पदा समितिको जारी बैंकलेले पुनर्निर्माण प्रगतिउन्मुख रहेको भन्दै खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।

चीनको फुजोमा जारी बिश्वका १सय ९८पक्ष मुलुकको सहभागिता रहेको भर्चुअल बैठकबाट नेपालको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाएको हो।बिश्वका अधिकांश पक्ष राष्ट्रले नेपालको सम्पदा पुनर्निर्माण प्रगतिउन्मुख रहेको बताएका थिए ।सोही आधारमा तत्काललाई खतराको सूचीबाट हटाइएको घोषणा गरेको छ।बिस्तृत विवरण बैठक सकिएपछि प्राप्त हुनेछ भनी पुरातत्व बिभागका सूचना अधिकृत एवं विश्वसम्पदा महाशाखा प्रमुख डा सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Comment here