Uncategorized

काठमाडौबाट नयाँ दिल्ली सातामा छ उडान हुने

काठमाडौं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुसार काठमाडौं–नयाँ दिल्ली सातामा कूल छ उडान सञ्चालन हुने भएको छ।यसअघि नयाँ दिल्लीको लागि सातामा दुई उडान हुँदै आएकोमा नयाँ सम्झौताअनुसार नेपालको प्रस्तावमा उडान संख्या बढेको र उडान तालिका छिट्टै बनाइने नेपाल वायुसेवा निगमले जनाएको छ।निगमका अनुसार अब काठमाडौंबाट नयाँ दिल्लीको लागि सोमबार,बुधबार र शनिबार निगमको जहाज उडान भर्नेछ भने एयर इण्डियाले पनि समान तीन उडान नयाँ दिल्लीबाट काठमाडौंको लागि गर्नेछ ।यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी एक अर्काको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाएको छ।उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुने बताइन्छ ।

Comment here