Uncategorized

क्यूआर काेडसहित छपाई गरिएको भिसाकाे शुभारम्भ

काठमाडौं । अध्यागमन विभागले क्यूआर काेडसहित छपाई गरिएको भिसाकाे शुभारम्भ गरेको छ।साेमबार काठमाडौंमा आयाेजना गरेकाे एक कार्यक्रमबीच प्रणाली सिर्जित क्यूआर काेडसहित छपाई गरिएको भिसाकाे गृहमन्त्री बिष्णु पाैडेलले शुभारम्भ गर्नुभएको हाे।अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलाे विषय भएको भन्दै मन्त्री पाैडेलले अध्यागमन विभागलाई समयानुकूल बनाउनका लागि केन्दित हुन निर्देशन दिनुहुुँँदै समग्रतामा नेपालकाे अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयाे।साेहि कार्यक्रममा विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले नयाँ प्रणाली अनुसार भिसा पाउने व्यक्तिको सम्पूर्ण विवरण आवश्यक सबै निकायमा रेकर्ड रहने जानकारी दिंदै भिसा वितरणलाई केन्द्रीकृत र एकीकृत गर्न पनि सहज हुने बताउनुभयो ।यसबाट आवेदन र वितरणमा सहज हुने विभागले जनाएको छ।

Comment here