Uncategorized

छ महिनामा ५८हजार मात्रै विदेशी पर्यटक भित्रिए

काठमाडौं । पर्यटन क्षेत्रलाई काेभिड-१९महामारीले नराम्ररी भद्रगोल पारेकाे अवस्था छ।राेजगारी सृजना गर्नुकाे साथसाथै विदेशी मुद्रा आर्जनमा प्रमुख स्रोत मानिएकाे यस क्षेत्रमा महामारीको कारण विदेशी पर्यटक आगमनकाे संख्या निराशाजनक पाइएको छ।                        नेपाल पर्यटन बाेर्डका अनुसार सन् २०२१काे जुनसम्मकाे छ महिनाकाे अवधिमा ५८हजार ५८विदेशी पर्यटक भित्रीएका छन्।याे बर्षकाे जनवरीमा आठ हजार ८७४,फेब्रुअरीमा नाै हजार १४६,मार्चमा १४हजार ९७७,अप्रिलमा २२हजार ४५०,मेमा एक हजार ४६८ र जुनमा एक हजार १४३विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।त्यसैगरी जुन महिनामा नेपालबाट तीन हजार ६०६ विदेशी बाहिरिएको पर्यटन बाेर्ड स्रोत बताउँछ ।

Comment here