Uncategorized

जर्मनीले नेपालसहित पाँच मुलुकमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउँदै

काठमाडौं ।काेभिड-१९महामारी र डेल्टा संक्रमण फैलिएसँगै जर्मनीले नेपालसहित पाँच मुलुकमाथि लगाएकाे यात्रा प्रतिबन्ध खुला गर्ने भएकाेछ।काठमाडौंस्थित जर्मनी दूतावासका अनुसार नेपाल,भारत,रुस,पाेर्चुगल र बेलायतमाथिकाे यात्रा प्रतिबन्ध खुला गर्न लागिएको हाे।आगामी बुधबारबाट यी राष्ट्रका नागरिकले जर्मनीको यात्रा गर्न पाउने भएका छन्।         दुबै खाेप लगाइसकेका र काेभिड-१९संक्रमण नरहेका पर्यटकहरुले जर्मनी पुगेपछि क्वारेन्टाइन समेत बस्नुनपर्ने तर खाेप नलगाएका व्यक्तिको सम्वन्धमा भने १०दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ।खाेप नलगाएका व्यक्तिले पनि क्वारेन्टाइनमा बसेकाे पाँचौ दिनमा परीक्षण गर्दा काेभिड-१९संक्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिंडडुल गर्न दिईने पनि जनाइएको छ।

Comment here