Uncategorized

जुलाईमा तीन हजार पर्यटक नेपाल आए ।

काठमाडौं । सन् २०२१को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।जनवरीदेखि जुलाईसम्मको अवधिमा कुल ६१हजार ४९जना पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा आठ हजार ७४,फेब्रुअरीमा नौ हजार १४६,मार्चमा १४हजार ९७७,अप्रिलमा २२हजार ४५०,मेमा एक हजार ४६,जुनमा एक हजार १४३ पर्यटक नेपाल भित्रिएका हुन् ।

पछिल्लो एक महिनामा हवाई मार्गबाट नेपाल भित्रिने भारतीयको संख्या सबैभन्दा बढी एक हजार १०५जना रहेको छ।भारतपछि अमेरिकाबाट ८१९,बेलायतबाट १८५,टर्कीबाट १६५जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।त्यसैगरी दक्षिण एशियाली मुलुकमध्ये बङ्गलादेशबाट चार,भुटानबाट १४,पाकिस्तानबाट पाँच र श्रीलङ्काबाट तीन पर्यटकको आगमन भएको छ।यस्तै क्यानाडाबाट ७८,चीनबाट ५०,बेल्जियमबाट ४५,फ्रान्सबाट ४१,जर्मनबाट ३४,अष्ट्रेलियाबाट ५२,नेदरल्याण्डबाट २६,रुसबाट १९जना पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ।

 

 

Comment here