Uncategorized

ज्याेतिष शास्त्र विज्ञान र वेदकाे अनमाेल उपहार हाे

ज्याेतिष शव्दकाे अर्थ संस्कृत शब्द ज्याेति(ज्याेत्स्ना)+इश शब्दले बनेको छ।ज्याेतिकाे अर्थ प्रकाश या अलाैकिक शक्ति हुन्छभने ईश भनेकाे ईश्वर हाे।अर्थात् ईश्वरको सृष्टिमा भएका चर/अचर सकलजगत प्राणीभरलाइ प्रकाश दिने,शक्ति दिने आँखा भन्नेहुन्छ।यहाँ ज्याेत्स्ना भनेकाे चन्द्रमा र सूर्यकाे प्राणशक्तिद्वारा संसार परिचालित छ र यस्काे मुख्य अवयव चन्द्र र सूर्यनै हुन् भन्दा अत्युक्ति नहाेला ।त्यसैले ज्याेतिषमा मुख्य दुईवटा ग्रह सूर्य र चन्द्रमा पृथ्वीकाे निकट अनि प्रत्यक्ष प्रभाव दिनेवालामा पर्दछन्।यसकाे अलावा साैर्यमण्डलमा रहेका ताराहरु,नक्षत्रहरु र ग्रहहरुकाे आपसि सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सुत्रबाट अध्ययन गरेर त्यसबाट यस पृथ्वीमा विद्यमान जड चेतना माथि पर्नेछ प्रभावकाे अध्ययन र बिश्लेषण गर्ने अद्वितीय विज्ञान ज्याेतिष हाे।यहाँ शास्त्रीय मतको बिश्लेषण गर्दा वेदबाटै ज्याेतिषकाे उत्पत्ति भएको पाईन्छ ।वेदका छ अंग -शिक्षा ,कल्प,निरुक्त ,ब्याकरण,छन्द र ज्याेतिष हुन्।वेदका छ अंगमध्ये ज्याेतिष शास्त्र नेत्र भएकाकारण सर्वश्रेष्ठ रहेको कुरा वर्णन गरिएको छ।वेद अपाैरुषेय छ तसर्थ वेदांग भएकाकारण ज्याेतिष पनि अपाैरुषेय भयो अर्थात् सृष्टिको प्रारम्भबाट नै प्रचलित रहिआएको सत्य विज्ञानको रुपमा रह्याे।ज्याेतिष शास्त्रका ब्याख्याता प्रसिद्ध ऋषि भृगु,जैमिनी,पराशर र वराहमिहिर हुनुहुन्छ ।वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहिर रहेको कुरा कतिपय पश्चिमा विद्वानहरुले पनि स्विकार गरेकाछन्।ज्याेतिष शास्त्रकाे पाैराणिक ग्रन्थ भृगुसंहिता,बृहत ज्याेतिषसार,मुहुर्तचिन्तामणि ,सिघ्रवाेध आदि ग्रन्थहरुमा शास्त्रकाे विशेष चर्चा र बर्णन पाईन्छ ।                                      ज्याेतिष विज्ञान हाे : वैज्ञानिकहरुले आज कम्प्युटर ,दूर्विन र अनेक विश्वविद्यालयकाे ल्याब र प्रयाेगशालामा बर्षाै बसेर पुरा ब्रह्माण्डकै अध्ययन गर्दै आएका छन् ।ज्याेतिष शास्त्रकाे आधुनिक प्रारम्भ भने मेसापाेटामियाकाे प्राचीन सभ्यता देखिन‌ै भएको पाईन्छ ।ग्रिस हुँदै भारत र नेपालसम्म फैलिएको धारणा विद्वानहरुकाे रहेको पाईन्छ ।प्रत्येक ग्रहकाे आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डकाे आफुु रहेकाे ठाउँ अनुसार बिभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वासको आधार पनि हाे।पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरु माथि यी प्रभावले निम्त्याउने परिणामकाे भबिस्यबाणी गर्नुनै ज्याेतिष शास्त्रकाे मुख्य उद्देश्य हाे।                 सूर्यले पृथ्वीकाे वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत ३६० डिग्रीकाे हुन्छ र यसलाई १२ भागमा विभाजन गरि प्रत्येक ३०/३० डिग्रीकाे भित्र जुन नामकाे तारापुञ्ज पर्दछ त्यसैलाई एउटा राशिको नाम प्रदान गरिएको हुन्छ र तिनै मेष,बृष आदि गरिएका राशिहरु हुन्।यिनीहरू चन्द्रकक्ष र सूर्यकक्षद्वारा काटिएका बिन्दुहरु हुन्।त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरीत दिशामा रहेका हुन्छन् ,तर यिनीहरूमा नैसर्गिक सम्वन्ध विद्यमान रहेको हुन्छ।                     पूर्णफलादेशकाे लागि धेरै कुराकाे बिचार आवश्यक हुन्छ ।ज्याेतिष भनेकाे सम्पूर्ण साैर्यमण्डललाई अध्ययन गरेर तारा,नक्षत्र र ग्रहहरुकाे गणितीय पद्धतिबाट बिश्लेषण गरि सत्य प्रभाव,कुनैपनि मनाेविज्ञान र अडकल नलगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथनगर्ने क्षमता भएकाे हुनुपर्छ भन्नेलाग्छ।शास्त्र आफैमा कसामर(समुद्र) हाे।ज्याेतिषिले कति लिनसक्याे त्यतिनै उसले अरुलाई भविष्यबाणी दिने हाे।आजकल ज्याेतिषिमा पनि कमअध्ययन गर्ने,अनुभवकाे कमि र साधनामा ध्यान नदिंदा ब्यक्ति अनुसारको कथनमा एकरुपता आउन सकिरहेको छैन।हाम्रोजस्ताे अल्पबिकसित मुलुकमा प्रयाेगशालाकाे कमि,दूर्वीन आदि यन्त्रकाे कमि भएकोलअरुको निर्भर हुनुपर्ने ,अरुको प्रयाेगशाला र यन्त्रकाे भर पर्नुपर्ने भएकोले साँच्चै भन्नुपर्दा नासाकाेभरपर्नुपर्ने अवस्था छ।शास्त्र आफैमा पूर्ण छ ,भृगु या पराशर भनेर बिभाजित हुनुपर्ने कुरा गलत हाे।सबै ग्रन्थ अध्ययन गर्ने र सहि निष्कर्ष निकालि भविष्यबाणी गर्नु उपयुक्त हुन्छ जस्ताेलाग्छ।शास्त्र पनि अलगअलग समयमा रचना भएकाछन् र अलगअलग समयका समाजकाे स्थिति र ग्रहहरुकाे दृष्टि एकरुप नहुँदापनि कतिपय भविष्यबाणीमा एकरुपता नआउनु स्वाभाविक भएपनि शास्त्रकाे सार भने एकै हुन्छ जसरी भगवानका अनेक नामहरु भएपनि भगवान त एकै हुनुहुन्छ ।                                  मेराे अनुभव भन्नेहाे भने अध्ययनले मात्रै पुग्दैन ,ज्याेतिषमा मुख्यकुरा साधनाकाे जरुरत पर्दछ।आफ्नो आचरण ,रहनसहन,खानपान र ब्यवहारमा शुद्धता ल्याउनैपर्छ।ज्याेतिष शास्त्र वेदबाटै उत्पत्ति भएकाले वैदिक आचरण व्यवहार अपरिहार्य मानिन्छ।ज्याेतिषि आफैमा पूर्णपरिपक्व र आचरित नभएमा समााजमा ज्याेतिष शास्त्रप्रति गलतफेमी समेत हुनसक्छ ।भविष्यवेत्ताले रिस,राग,लाेभ,लालचमा नफसि प्रतिशाेध र अर्थ संचयमा नलागि शास्त्रका नियम र परिधिभित्र रहेर यदि भविष्यबाणी गर्छभने त्याे ९९ प्रतिशत नै सहि सावित हुन्छभन्ने मेराे विश्वास रहेकाेछ।ज्याेतिषका बिभिन्न विद्याहरुमा वास्तुशास्त्र,सामुद्रिशास्त्र,अंक ज्याेतिष,प्रश्न ज्याेतिष,सकुन विचार,स्वप्न विचार ,फलादेश आदि सबैमा पारङ्गत हुनकालागि सिद्धान्त ,प्रयाेग र साधनाकाे असाध्यै महत्त्व रहेकाे हुन्छ।                                                                   म कहाँ आउनुहुने भक्तजनहरु फलाना गुरुकाे कारणले त्रशित भएँ,डराएँ जस्ता गुनासाहरु लिएर आएको पाएकाेछु।यदि सच्चाज्याेतिष हुनेहाे भने व्यक्तिलाई सहि परामर्श र ज्ञानचक्षुद्वारा सहि ट्रयाकमा ल्याउन सक्षम हुनैपर्छ ।त्रशित गराउने हैन त्रशित भएकाहरुलाई खुसीराख्न सक्नुपर्छ ।समस्या हैन समाधान दिन सक्नुपर्छ सक्नुपर्छ भन्ने मेराे मान्यता रहेकाेछ।यस्ता कैयौं उदाहरण छन् जस्लेगर्दा गलतमार्गमा लागेका,लक्ष पहिल्याउन नसकेर पथभ्रष्ट भएका,कुलतमा फसेका,गलत संगतकाकारण चाेरी,डकैती ,बलात्कारी,भ्रष्टाचारी आदिमा फसेका ब्यक्तिहरुलाई समेत सत्मार्गमा लाग्न प्रेरित गरिएको र ती ब्यक्तिहरु अहिले सत्मार्गमा लागिसकेका र लाग्नेक्रममा रहेका छन्।ज्याेतिष भनेको शास्त्र बाँड्ने मात्र नभई समाजमा रहेका  कतिपय कुरिती विसंगतिकाे बिरुद्धमा समाज परिवर्तन र सामाजिक सेवा गर्नुपनि हाे।यस क्षेत्रमा १५ बर्षसम्म कामगर्दा धेरै राेचक र अविस्मरणीय पलहरु भाेग्ने माैकापाएकाे छु।एकदिन एकजना युवती मेराे कार्यालयमा चिना हेराउन आउनुभएकाे थियो ।कुण्डलीमा कुनै साहसिक कार्यगर्ने र यात्राको समेत याेेग बनेको थियो ।तर उहाँले त्याे कुरामा खासै महत्त्व दिनुभएको थिएन ।त्यसको करिब २/४ महिनाकाे अन्तरालमा उहाँलाई हिमाल आराेहण गर्ने मनसाय फुरेछ र छाेटैसमयमा याेजना समेत बनेछ।तर,आफु मानसिकरुपमा तयार हुन ,खर्चको जाेहाे गर्न र परिवार भित्रबाट हाैसला पाउन नसकिरहेको अवस्थामा उहाँ पुनः मेराे कार्यालयमा आउनुभयाे।ज्याेतिष समस्या हैन समाधान हेर्ने विद्या हाे।मैले कतिपय साधना र सिद्धिविधि दिएपछि त्याे उहाँले गर्नुभयाे र त्यसकाे २/४ महिना भित्रन‌ै अन्नपूर्ण हिमाल आराेहण गरेर किर्तिमान बनाउनु भयाे।त्यसपछि आमाडब्लम आदिहुँदै बिश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आराेहण गर्नुभयो ।उहाँ महिला फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठ हुनुहुन्छ ।याे नाम नसुन्ने पर्यटन क्षेत्रका जानकार थाेरैमात्र हाेलान्।याेे सम्पूर्ण कार्यकाे श्रेय उहाँ मलाई दिन चाहनुहुन्छ ।तर म याे श्रेय आफुलाई हैन ज्याेतिष शास्त्रका ब्याख्याता बिद्वान ऋषिमुनीहरुलाई दिन चाहन्छु किनकि वहाँहरुले दिएकाे अलाैकिक शास्त्र र साधना आज हामीले उपयाेग गर्न पाईरहेकाछाै।यसमा हामी सबैले गर्व गर्नुपर्दछ।विद्वानहरुकाे संगतबाट शास्त्रकाे मर्म बुझेर ,बिभिन्न वैज्ञानिक प्रयाेगशालाबाट,नासा आदिका रिसर्चलाई आधारमान्दै र आफ्नै कतिपय साधनाकाे कारणले नै अहिलेसम्म भविष्यबाणी गर्दैआएकाे कुरा समेत जनसमक्ष अनुराेध गर्न चाहन्छु ।                                                                                                                                  ज्याेतिर्विद पण्डित खगेन्द्र खनाल                                   ज्याेतिष वास्तु अनुसन्धान तथा परामर्श सेवा केन्द्र           सामाखुसी चाेक,काठमाडौं ।                                         9841475662 / 9808263311

Comment here