ज्याेतिष शास्त्र वेदको आँखा हाे, हिन्दुधर्म भित्रकाे सम्पूर्ण संस्कार हेर्ने मुख्य विधा हाे।सैद्धान्तिक ज्याेतिषिमा ग्रहकाे गणना हुन्छ र त्यहि गणनाकाे आधारमा बैज्ञानिक तथ्य जत्तिकै सहि विश्लेषण निकालिन्छ। सैद्धान्तिक पक्षमा कुनैपनि ज्याेतिषिकाे बीचमा मतमतान्तर हुँदैन तर फलादेशमा भने ज्याेतिष स्थापनागर्ने १८ जना ऋषिहरुकाे मतमा नै फरक फरक फलादेश भेटिएकोछ। यसमा पनि गणनामा सहि सिद्धान्त हिसाबकिताब हुनसकेमा अर्थात् जन्म र समय सहि छ भने ७५ प्रतिशत सबैकाे मत मिल्नसक्छ भने २५ प्रतिशत चाहिँ विवादमा पाईन्छ । त्यहि भएरै एउटै मानिसकाे कुण्डलीमा फरकफरक ज्याेतिषिहरुबाट फरकफरक फलादेश हुनआएकाे हाे।एउटा ज्याेतिषिकाे मतसँग अर्को ज्याेतिषिकाे मतमा भिन्नता आउनुकाे कारण चाहिँ ब्राह्मणहरुले एकआपसमा म नै सर्वश्रेष्ठ हुँ भन्ने मानसिकता राख्नु र आफ्नाे मात्रैै मतलाई एकलाैटिरूपमा प्रमाणित गर्न खाेजिनुले गर्दापनि हाे। तथापि , कसैकाे मनमा पनि एकअर्कामा नकारात्मक भावनाभने पाईंदैन। म स्वयंकाे धारणा चाहिँ ज्याेतिष शिक्षा हासिलगर्दाकाे गुरुशिक्षालाई आधार मानेर साधना गर्दै आफ्नै शैलीमा फलादेश गर्नुपर्छ भन्ने हाे। मेरा बावुबराजु ज्याेतिषपण्डितकाे साथसाथै मुखिया जिमुवाल थिए। मेराे जन्महुँदा बडादशैंकाे षष्ठि तिथि परेकाेमा त्यसवेलाका रैतीहरुले मेराबाजे जिमुवाललाई अब दशैकाे टिका केगर्ने भनि साेधनी हुँदा सुत्केरीलाई बाहेक अन्यको टिका राेकिंदैन भनि मेराबाजे ज्याेतिष जिमुवालले जवाफ दिनुभएको थियाे रे ! अव अहिलेआएर एउटा घरमा सुतक भयाेभने १३ दिने सबैदाजुभाइ खलकले बार्नैपर्ने चलन देखिएकाे छ।म आफुले चाहिँ आफ्नाेबाजेकाे ज्याेतिषिय सिद्धान्तलाई मार्गदर्शनमानि फलादेश गर्दैआएकाे छु। पं.ज्याे. युवराज काेइराला डाेलेश्वर ज्याेतिष तथा वास्तु सेवा मित्रपार्क,चावहिल,काठमाडौं 9851019887
ज्याेतिष शास्त्र वेदकाे आँखा हाे

Comment here