Uncategorized

डेलीमेलकाे भ्रामक समाचार सच्याउन नेपाली दूतावासकाे पत्र

लण्डन।लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको “डेलीमेल” ले प्रकाशित गरेकाे आधारहीन समाचारप्रति आपत्ति जनाउँदै खण्डन गर्न र यसलाई सच्याउन अनुराेध गर्दै डेलीमेललाई पत्र पठाएको दूतावासले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।                   “डेलीमेल”ले बेलायतीहरुकाे बिदालाई नेपाल भेरियन्टकाे खतरामा परेकाे भनी समाचार प्रकाशन गरेकाे थियाे।साे समाचार आधारहीन रहेकाेे र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७),डेल्टा (बी.१.७१२.२)भेरियन्ट फेला परेका छन् र यी दुबैकाे उत्पत्ति नेपालमा नभएको र नयाँ संस्ककरणकाे भेरियन्ट उत्पत्ति भएकाे भन्ने समाचारकाे  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि  खण्डन गरिरहेकाे दूतावासले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।                                               विश्व स्वास्थ्य संगठनले बिहीबार नै ट्विटर ह्याण्डलमार्फत सार्स-काेभ-२काे तीन किसिमका भेरियन्ट फेला परेकाे र नेपालमा हाल डेल्टा मात्र पाइएकाे नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेकाे जनाएको छ।

Comment here