Uncategorized

थप खुकुलाे बनाएर निषेधाज्ञा १०दिन थप ,लामाे दूरीका यातायात चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाई साउन १०गतेसम्म थप गरिएको छ।सरकारले लामाे दूरीमा चल्ने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेकाे छ।                               बिहीबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौं ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैठकले साउन १गतेबाट लामाे दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय गरेकाे छ।उपत्यकामा जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय भएको छ।फिल्म हल ,पार्टि प्यालेस लगायतका यस अघिका प्रतिबन्ध भने कायम छन्।पसलहरु सञ्चालनका लागि ताेकिएकाे समयसीमा पनि यथावत छ ।

Comment here