Uncategorized

थप १०लाख डाेज खाेप ल्याउन बिहीबार वाइड बडी बेइजिङ उड्दै

काठमाडौं ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनकाे राजधानी बेईजिङबाट १०लाख डाेज भाेराेसेल खाेप ल्याउन यहि असार २४गते वाइड बडी जहाज पठाउने तयारी गरिएको जनाएको छ।                         निगमका महाप्रबन्धक डिमप्रकाश पाैडेलले भन्नुभयो -” सरकारकाे निर्णयअनुरुप चीनबाट खाेप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको छ।पहिलो चरण अन्तरगत १०लाख डाेज खाेप लिन आउँदो बिहीबार बेलुका ११बजे गएर शुक्रबार आइपुग्छ।चीनबाट कुल ४०लाख डाेज खाेप चरणबद्ध रुपमा ल्याइनेछ।”                                                                       यसअघि चीन सरकारले अनुदानमा दिएकाे १८लाख डाेज खाेपमध्ये पहिलाे लट ८लाख गत चैतमा र दाेस्राे लट १०लाख जेठमा ल्याईएकाे थियाे।सरकारले काेराेना खाेप भाेराेसेल खरीदका लागि चिनियाँ कम्पनी सिनाेफार्मसँग सम्झाैता गरेको छ।

Comment here