Uncategorized

थलापरेकाे पर्यटन क्षेत्रमा नयाँ उत्साह

काेराेनाकाे कहरले विगत १४ महिनादेखि थलापरेकाे पर्यटन क्षेत्रमा केही उत्साह पलाएकाे देखिन्छ ।आन्तरिक पर्यटकीय गतिविधिले केही भरथेग पुर्याएकाे परिप्रेक्ष्यमा २१७ जनालाई हिमाल आराेहणकाे अनुमति दिइएकाेमा एक सयभन्दा बढिले सगरमाथा आराेहणकाे अनुमति पाएका छन्।                                                                   विदेशी पर्यटककाे भरपर्दो आशा नभईरहेकाे अहिलेकाे अवस्थामा काेराेनाकाे दाेस्राे लहरकाे चर्चाले गर्दा आन्तरिक पर्यटककाे विस्तारमा कमि आउने पाे हाे कि भन्ने पर्यटन ब्यवसायीहरुकाे चिन्ता रहेकाे वर्तमान अवस्थामा पर्यटन विभागकाे शनिवारसम्मकाे तथ्याङ्क अनुसार विभिन्न हिमाल आराेहणका लागि २१७ जनाले अनुमति प्राप्त गरेका छन्।गत फागुन २५ गते यस बसन्तयामका लागि चार जनाकाे एक टाेलिले आराेहण अनुमति प्राप्त गरेपश्चात् त्यसकाे एक महिना नपुग्दै पर्वतारोहण अनुमति लिनेको संख्या बढ्दै जानुले एकबर्ष भन्दाबढि समयदेखि लाेलाएकाे पर्वतारोहण क्षेत्रमा केहि मात्रामा भएपनि जाँगर पलाएकाे पाइएकाे छ।                                                       पर्यटन विभागका अनुसार सर्वाेच्च शिखर सगरमाथा आराेहणका लागि शनिबारसम्म १०७ जनाले अनुमति प्राप्त गरेका छन् र यस सिजनमा करिब ३०० जनाले अनुमति लिनसक्ने अनुमान विभागकाे रहेकाे पाईन्छ।यसबाहेक मनास्लु,अन्नपूर्ण,ल्हाेत्से,टुकुचे,धाैलागिरि र पुमरी हिमाल आराेहणका लागि पनि विभागले अनुमति प्रदान गरेकाे बुझिएकाे छ।त्यस्तै कम उचाइका हिमाल आराेहणका लागि आफ्नाे अधिकारक्षेत्र भित्र रहेर नेपाल पर्वतारोहण संघले पनि अनुमति प्रदान गरिरहेकाे बुझिन्छ ।      पर्यटन विभागका अनुसार मनास्लु हिमालका लागि शनिबारसम्म एक जनाले मात्र अनुमति पाएका छन् भने अन्नपूर्ण हिमाल आराेहणका लागि चार टाेलिबाट ४४ जनालाई ,ल्हाेत्से हिमालका लागि ७ जनासहितकाे दुईवटा टाेलिलाई ,पुमरी हिमालका लागि पाँच जनाकाे एक टाेलिलाइ र टुकुचे हिमालका लागि एक जनाकाे टाेलिलाई आराेहण अनुमति प्रदान गरिएको बुझिन्छ ।यसरि शनिवारसम्म १५७ जना पुरुष र ६० जना महिला सदस्य रहेकाे २७ वटा टाेलिले आराेहण अनुमति पाएका छन् जसबाट १८ कराेड ९० लाख रुपैयाँ हिमाल आराेहण अनुमति बापत राजस्व सङ्कलन हुन गएकाे पाईन्छ।

Comment here