Uncategorized

दु:खद कुरा सरकारकाे प्रष्ट नीति आएन

सम्भवत विप्रेषण पछि विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत वा उद्योग पर्यटन हाे। विगत बर्षहरुमा घटित घटना जस्तैः भूकम्प र भारतीय नाकाबन्दीले ग्रसित पर्यटन क्षेत्र जुरमुराउनै लाग्दा बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेभिड-१९ काे असरले करिव करिव ध्वस्तैहुने अवस्थामा अहिले गुज्रदै गएकाेछ।याे महामारीको दूरगामी असर पर्यटन क्षेत्र मात्रै नभई मुलुककै आर्थिक क्षेत्रलाई पर्दैछ।धेरै बैकहरुकाे ऋण डुब्ने,पर्यटन क्षेत्रमा आश्रित लाखौं मान्छेले राेजगारी त गुमाएका छन् नै र यस्ले ल्याउने गरिबी र सामाजिक बिकृती देशकै लागि ठूलो चुनाैती बन्नसक्ने देखिएकाे छ।                                                                   सर्वसाधारण हुन् वा नीति निर्माता तहमा हाेस् ,एउटा गलत Narrative चलेको पाईएकाे छ -“पर्यटन क्षेत्रमा लागेकाहरुले पहिलेनै टन्न डलर कमाएका छन् “।सायद यसैले हाेला राज्यले सहयाेग त परै जाओस् बिभिन्न किसिमका करहरु र शुल्कहरु तिर्नैपर्ने बाध्यता खडा गरिदिएकाे छ।अहिलेकाे अवस्थामा कतिपय ब्यवसायीहरु पलायन भईसके र केहि हुने तर्खरमा छन्।यस्ताे अवस्थामा अर्को एउटा कालाे कानून आउने तरखरमा छ,त्याे हाे २५ बेड वा त्याेभन्दा माथिकाे हाेटलहरुले वातावरणीय प्रभाव मूल्यांकन EIA गर्नुपर्ने ।सम्भवत १० काेठा भन्दा माथिका सबै हाेटल यस्काे दायराभित्र पर्दछन्।याे भनेको लगभग आर्यघाटमा पुग्नलागेकाे हाेटल ब्यवसायलाई दाेहनगर्ने,अर्काे शब्दमा भन्नुपर्दा पैसा झार्नलगाउने मेशिनकाे तयारी हाे।न त याे ब्यवहारिक छ न याेे ब्यवसाय वा ब्यवसायीमैत्री छ। याे त एउटा प्रतिनिधि उदाहरण मात्र हाे यस्ता धेरै नियमहरु पहिलेदेखि नै प्रचलित छन्।   डुब्दाे पर्यटन खासगरी हाेटल ब्यवसायलाई उकास्ने दृढसंकल्प सरकारीस्तरबाट लिने हाे भने अझै उकास्न सकिन्छ।अहिले पनि धेरै विदेशी मलाई साेध्छन् – “म नेपाल आउन चाहें भने कसरि भिसा लिने,कतिदिन क्वेरन्टाइनमा बस्नुपर्ने र कस्ता कुरामा सावधान हुने ” भनेर।दुखसाथ भन्नुपर्दा यस्ता साेधाईकाे जवाफ मसित स्पष्ट रुपमा छैन।अस्तिमात्र मेराे हाेटलमा युकेबाट केही नेपालीले ८ दिनकाे लागि क्वेरन्टाइन बस्नकाे लागि बुकिङ गरेका थिए तर एयरपोर्टमा त्यहींका कर्मचारीले सिधै घरजाँदा हुन्छ भनेर सुझाएछन् र ती गैरआवासीय नेपालीहरु पनि घर गएछन्।मेरो हाेटलमा उनीहरूलाई राख्न पाईन भन्ने मेराे गुनासो हाेईन।विदेशबाट आउने जाे काेहि पनि नेपालमा क्वेरन्टाइन बस्छु भनेर सम्बन्धित देशदेखि क्लियरेन्स लिएर आउँछन् र नेपालकाे पनि क्वेरन्टाइन राख्ने नियम छ तर त्याे नियम एयरपोर्ट ओर्लनेवित्तिकै समाप्त गरिन्छ।यदि क्वेरन्टाइन नराख्ने हाे भने नराखाैं,अरु प्रावधान छन् भने त्यसैलाई लागु गराैं र कडाइसाथ पालना गराैं गराआै र हामी त्याे कुराहरु नेपाल आउनचाहने विदेशीलाई भन्छाैं।दु:खद कुरा प्रष्ट नीति आएन।                                                                   आजकाे अवस्थामा हाेटल ब्यवसायीहरु न्यूनतम बिजुलीको पानीको बिल तिर्नसक्ने अवस्थामा समेत छैनन् त्यसमाथि काेठा,घर,जग्गा भाडा ,कर्मचारीकाे तलव आदिले त झनै बेहाल छन्।यस्तो विषम परिस्थितिमा सरकारीस्तरकाे सहयोग अत्यन्तै जरुरी छ।                                                                                                       सन्ताेष पाण्डे                                                             अध्यक्ष                                                                       पश्चिम ठमेल पर्यटन परिषद

Comment here