TourismTravel

नक्षत्र पद्धति एवं ज्याेतिष

ज्याेतिषलाई हाेरा शास्त्र भनिन्छ।कुनै समयकाे आधारमा ग्रह गणना गरेर पृथ्वीामा रहेका प्राकृतिक  बिषय र वस्तुमा ग्रहगाेचरले पार्ने प्रभावलाई अध्ययन गर्ने शास्त्रलाई हाेरा शास्त्र भनिन्छ ।हाेरा विधामा वेदका मुख्य छ अङ्गभध्ये ज्याेतिष शास्त्रलाई आँखाकाे रुपमा वर्णन गरिएकाे छ त्यसकारणले पनि याे विधालाई जगतको तेस्रो आँखा भन्न उपयुक्त रहन्छ।ज्याेतिष शास्त्रमा दुई खण्डहरु छन्- १)गणित खण्ड २) फलित खण्ड।गणित खण्डमा ग्रहगाेचरकाे विस्तृत गणना गरिन्छ भने फलित खण्डमा त्यहि गणितकाे आधारमा भाैतिक जीवनका सम्पूर्ण क्षेत्रमा पर्नजाने प्रभावलाई व्याख्या गरिन्छ।                                      फलित शास्त्रमा चारजना व्यक्तिहरुलाई प्रमुख व्याख्याकारकाे रुपमा मानिएकाे छ।उहाँहरु हुनुहुन्छ-१) भृगु ऋषि २)जैमिनि ऋषि ३)पराशर ऋषि र ४)वराहमिहिर ऋषि।फलितका यी चार मुख्य बिन्दुहरु हुन् र यसैका आधारमा फलितकर्ताहरुले फरक फरक बिन्दुहरुलाई अवलम्बन गरेर ज्याेतिषिय कार्यहरु गर्ने गर्दछन्।यी चारमध्ये कुनै साना वा ठुला र सहि वा गलत भन्ने अर्थ चाहिं कतैपनि लाग्दैन ।ज्याेतिषिहरुले जुन शास्त्रकाे प्रयाेग गरेर फलित गरेपनि परिणाम फरक फरक आउंदैन र आउन पनि हुँदैन ।यदि फरक आउँछ भने ती ज्याेतिषिहरुकाे गणना बिश्लेषण आदिका कारणले मात्रै आाउँछ।यद्यपि कतिपय कुराहरु देश,काल,परिस्थिति अनुसार परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।जस्तै :परापूर्वकालमा मानिस आफुले बसाेवास गरिरहेकाे ठाउँ छाेडेर परिस्थितिजन्य कारणले विदेशी भूमिमा जाने गर्दथे भने हाल सुख सुविधा प्राप्तिका खाेजिमा विदेश जाने गर्दछन्।साे भनेकाे समय अनुसारको विषय प्रतिकाे साेच  र विचारकाे भिन्नता हाे।ग्रहगाेचरबाट फलित गर्दा पनि बिभिन्न यस्ता विषयहरुमा परिमार्जन गर्दै लग्नुपर्ने हुन्छ।गणनाकाे कारणले गर्दापनि फलित ज्याेतिषमा भिन्नता सृजना गर्दछ।परापूर्वकालमा गणना गर्नलाई बनाईएका शास्त्रहरुमा बिभिन्न कालखण्डमा गरिनुपर्ने सुधार नगरिंदा गणनामा भिन्नता आउँछ र सुक्ष्मफल फरक पर्नजान्छ।साे कारण सहि फलादेशकर्ता ज्याेतिषिले ग्रह गणनामा पनि बिशेष ध्यान पुर्याउनु पर्दछ।                                                 म आफैले चाहिं परम्परागत रुपमा चलिआएको मध्ये पराशरीय मतलाई आधार मानेर फलित ज्याेतिष अध्ययन र फलित गर्दै आएकाे हुँ।र,साे मतलाई केहि परिमार्जित गरिएको नक्षत्रपद्धतीका आधारमा कुण्डली निर्माण र फलित गर्दै आईरहेकाे छु।याे पद्धति मेराे पारिवारिक रुपमा सम्वन्ध भएकाे कारणले पनि अध्ययन र फलित गरेकाे हुँ।यसमा कुनै मत सानाे ठूलो वा सहि गलत भन्ने मलाई लाग्दैन किनभने शास्त्र निर्माताहरुले आफ्नाे सिद्धान्त प्रतिपादन सहिरुपमा अनुभव र परम्परागत शास्त्रकै आधारमा केही फरक तरिकाले व्याख्या गरेका हुन्।उनीहरूले पनि आफ्नाे बाहेकका अन्य मतलाई गलत वा झूटोकाे रुपमा कहिले व्याख्या गरेका छैनन्।                           मेरो फलादेशकाे अनुभव बारे भन्नुपर्दा एकजना ब्यक्ति विदेश जानकाे लागि कुन समय राम्रो छ भनी परामर्श गर्न आएका थिए।उनकाे जन्ममिति,समय र स्थानका आधारमा ग्रहगणना गरेर नक्षत्रीय पद्धति अनुसार बिश्लेषण गर्दा उनकाे केही समयकाे लागि विदेशयात्रा हुननसक्ने कुरा बताईयाे।तर,उनले आफ्नाे भिसा लागिसकेको पासपोर्ट मलाई देखाउँदै -“मलाई काेहि कसैले वर्तमान समयमा विदेश जानबाट राेक्नसक्ने स्थित छैन,म विदेशबाट केही समयकाे लागि परिवारलाई भेट्न र छुट्टि मनाउन आएकाे हुँ” भनेपछि मैले उनलाई भनें म ईश्वर वा तपाईंको घटनालाई निर्धारण गर्ने व्यक्ति त हैन तर ग्रहगाेचरले तपाईंलाई हालकाे समय दीर्घयात्रा गर्नदिने अवस्था देखिंद‌न।त्यसपश्चात उनी हाम्राे परामर्शकाे शुल्क तिरेर फर्किए।साे समयकाे एक महिनापछि उनी फेरि मेराेसामु आएर भने-“म त एक बर्षकाे लागि विदेश फर्किन नसक्ने भएँ।” किन त भनि प्रश्नगर्दा उनले-“मेरो बुवा विमारी हुनुभयाे र केहि समय पश्चात् बित्नुभयाे।याे एकबर्ष अवधिभर म चाहेर पनि विदेश जान सक्तिन।तपाईंले भन्नुभएको कुरा बिश्वास नगर्दा नगर्दै सहि भएर आयाे र म चकित परें ” भन्ने उनकाे जिकिर रहेकाे थियो ।                                                                                                   ज्याे. रङ्गराज आचार्य                                                    ज्याेतिष सेवा सदन, डिल्लीबजार,म‌ैतीदेवी                      9841222439

Comment here