TourismTravel

नक्षत्र पद्धति एवं ज्याेतिष

      ज्याेतिषलाई हाेरा शास्त्र भनिन्छ। कुनै समयकाे आधारमा ग्रह गणना गरेर पृथ्वीमा रहेका प्राकृतिक बिषय र वस्तुमा ग्रहगाेचरले पार्ने प्रभावलाई अध्ययन गर्ने शास्त्रलाई नै हाेरा शास्त्र भनिन्छ। हाेरा विधामा वेदका मुख्य छ अङ्गमध्ये ज्याेतिष शास्त्रलाई आँँखाकाे रुपमा वर्णन गरिएको छ त्यसकारणले पनि याे विधालाई जगतकाे तेस्रो आँखा भन्न उपयुक्त रहन्छ। ज्याेतिष शास्त्रमा दुईवटा खण्डहरु छन् – १) गणित खण्ड २) फलित खण्ड। गणित खण्डमा ग्रहगाेचरकाे बिस्तृत गणना गरिन्छ भने फलित खण्डमा त्यहि गणितकाे आधारमा भाैतिक जीवनका सम्पूर्ण क्षेत्रमा पर्नजाने प्रभावलाई व्याख्या गरिन्छ।                                                             फलित शास्त्रमा चारजना ब्यक्तिहरुलाई प्रमुख ब्याख्याकारकाे रूपमा मानिएकाे छ। उहाँहरु – १) भृगु ऋषि २) जैमिनि ऋषि ३) पराशर ऋषि र ४) वराहमिहिर ऋषि हुनुहुन्छ। फलितका यी चार मुख्य बिन्दुहरु हुन् र यसैका आधारमा फलितकर्ताहरुले फरक फरक बिन्दुलाई अवलम्बन गरेर ज्याेतिषिय कार्यहरु गर्ने गर्दछन्। यी चारमध्ये कुनै साना वा ठूला र सहि वा गलत भन्ने अर्थ चाहिं कत‌ैपनि लाग्दैन। ज्याेतिषिहरुले जुन शास्त्रकाे प्रयाेग गरेर फलित गरेपनि परिणाम फरक आउँदैन र आउन पनि हुँदैन। यदि फरक आउँछ भने ती ज्याेतिषिहरुकाे गणना,बिश्लेषण आदिका कारणले मात्र आउँदछ।यद्यपि कतिपय कुराहरु देश,काल,परिस्थिति अनुसार परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने पनि हुन्छ। जस्तैः -परापूर्वकालमा मानिस आफुले बसाेवास गरिरहेकाे ठाउँ छाेडेर परिस्थितिजन्य कारणले विदेशी भूमिमा जाने गर्दथे भने हाल सुखसुविधा प्राप्तिको खाेजिमा विदेश जाने गर्दछन्। साे भनेको समय अनुसारकाे बिषय प्रतिकाे साेच र विचारकाे भिन्नता हाे।ग्रहगाेचरबाट फलित गर्दा पनि बिभिन्न यस्ता विषयहरुमा परिमार्जन गर्दै लग्नुपर्ने हुन्छ। गणनाकाे कारणले गर्दा पनि फलित ज्याेतिषमा भिन्नता सृजना गर्दछ। परापूर्वकालमा गणना गर्नलाई बनाईएका शास्त्रहरुमा बिभिन्न कालखण्डमा गरिनुपर्ने सुधार नगरिंदा गणनामा भिन्नता आउँछ र सुक्ष्मफल फरक पर्नजान्छ। साे कारणले सहि फलादेशकर्ता ज्याेतिषिले ग्रह गणनामा पनि विशेष ध्यान पुर्याउनु पर्दछ।                                                                                        म आाफैले चाहिं परम्परागत रुपमा चलिआएको मध्ये पराशरीय मतलाई आधार मानेर फलित ज्याेतिष अध्ययन र फलित गर्दै आएकाे हुँ र साे मतलाई केही परिमार्जित गरिएको नक्षत्रपद्धतीका आधारमा कुण्डलि निर्माण र फलित गर्दै आाईरहेकाे छु। याे पद्धति मेराे पारिवारिक रुपमा सम्बन्ध भएकाे कारणले अध्ययन र फलित गरेकाे हुँ। यसमा कुनै मत सानाे ठूलो वा सहि गलत भन्ने मलाई लाग्दैन , किनभने शास्त्रनिर्माताहरुले आफ्नाे सिद्धान्त प्रतिपादन सहिरुपमा अनुभव र परम्परागत शास्त्रकै आधारमा केही फरक तरिकाले व्याख्या गरेका हुन्।उनीहरुले पनि आफ्नाे बाहेकका अन्य मतलाई गलत वा झूटोकाे रुपमा कहिले ब्याख्या गरेका छैनन्।                                                                                                    मेराे फलादेशकाे अनुभवबारे भन्नुपर्दा एकजना ब्यक्ति विदेश जानकाे लागि कुन समय राम्रो छ भनि परामर्श गर्न आएका थिए।उन्काे जन्ममिति,समय र स्थानका आधारमा ग्रहगणना गरेर नक्षत्रीय पद्धति अनुसार बिश्लेषण गर्दा उनकाे केही समयकाे लागि विदेशयात्रा हुन नसक्ने कुरा बताइयाे। तर,उनले आफ्नो भिसा लागिसकेको पासपोर्ट मलाई देखाउँदै -“मलाई काेहि कसैले वर्तमान समयमा विदेश जानबाट राेक्नसक्ने स्थिति छैन ,म विदेशबाट केही समयकाे लागि परिवारलाई भेट्न र छुट्टि मनाउन आएकाे हुँ ” भनेपछि मैले उनलाई भनें म इश्वर वा तपाईंको घटनालाई निर्धारण गर्ने व्यक्ति त हैन तर ग्रहगाेचरले तपाईंलाई हालकाे समय दीर्घयात्रा गर्नदिने अवस्था देखिंदैन । तत्पश्चात उनी हाम्रो परामर्शकाे शुल्क तिरेर फर्किए। साे समयकाे १महिनापछि उनी फेरि मेराेसामु आएर भने-” म त एक बर्षकाे लागि विदेश फर्किन नसक्ने भएँ।” किन त भनि प्रश्नगर्दा उनले-” मेराे बुवा बिमारी हुनुभयो र केहि समयपश्चात वित्नुभयाे।याे १बर्ष अवधिभर म चाहेर पनि विदेश जान सक्तिन।तपाईंले भन्नुभएको कुरा विश्वास नगर्दा नगर्दै सहि भएर आयाे र म चकित परें” भन्ने उनकाे जिकिर रहेकोे थियो ।                                                                                                                                                                            ज्याे. रङ्गराज आचार्य                                      ज्याेतिष सेवा सदन,डिल्लीबजार,मैतिदेवी                  9841222439

Comment here