NewsTourism

नाै दिन आठ रातकाे बिस्का जात्रा आजबाट

२८ चैत्र । भैरवनाथ र भद्रकालीसंग सम्बन्धित ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा भक्तपुरमा आजबाट सुरुभएकाे छ।भक्तपुरको टाैमढीमा रहेकाे न्यातपाेल मन्दिरको प्राङ्गणबाट भैरवनाथकाे रथ तानातान गर्दै याे जात्रा सुरु गरिन्छ र नाै दिन आठ रातसम्म जात्रा मनाउने परम्परा छ।                                                            प्यागाेडाशैलीमा काठैकाठले निर्माण गरिएकाे भैरवनाथकाे तीन तल्ले रथमा मूल देवता र अगाडिपट्टि बेताल देवतालाई आसनग्रहण गराई पाँचतल्ले मन्दिर अगाडिबाट माथिल्लो र तल्लाे टाेलतर्फ त्यहाँका स्थानीय बासिन्दाहरुले तानातान गर्न थालेपछि बिस्का जात्राको राैनक सुरुआत हुन्छ।                                                         भक्तपुर नगरपालिकाले सराेकारवालाहरुसंगकाे छलफल पछि यस बर्षकाेलागि आज दिउँसो २ बजे भैल:ख तान्ने कार्यक्रम निर्धारण गरेकाे बताईन्छ।

Comment here