Uncategorized

नेपाल वायुसेवा निगम अहिले गुज्रिरहेकाे अवस्थाबाट कुनैपनि हालतमा चल्न सक्दैन

काठमाडौं ।नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पाैडेलले नेपाल वायुसेवा निगम अहिले जुन अवस्थाबाट गुज्रिरहेकाे छ यसरीनै यही तरिकाबाट कुनैपनि हालतमा चल्न नसक्ने बताउनु भएकाे छ।                   निगम निजिकरण गर्नलागेकाे भन्दै त्यहाँ कार्यरत कर्मचारीहरु आन्दाेलित हुँदै नकारात्मक टिप्पणी गर्न थालेपछि आफ्नाे दृष्टिकोण सार्वजनिक गर्दै महाप्रबन्धक पाैडेलले धेरै विकल्पहरु मध्ये कम्पनी माेडल संसारमा अहिलेसम्मकाे प्रचलित माेडल भएकाे तर अहिलेकाे जस्ताे न्युन पुँजी र अत्याधिक कर्जा लिएर भने कुनैपनि हालतमा कम्पनी माेडलमा जान नहुने बताउनु भयाे।                             पहिला कर्जा तिरेर सम्पत्ति थप गर्ने अनि मात्र शेयर पुँजी बढाउँदै रणनैतिक याेजनाकासाथ कम्पनी माेडलमा जानुपर्ने उल्लेख गर्दै महाप्रबन्धक पाैडेलले नेपाली श्रम,शीप र याेग्यताकाे विकासकाे लागि सुरुका केही बर्षमा विदेशी ख्यातिप्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनुपर्ने उल्लेख गर्नुभयाे।बिराेध गर्नेहरुले कुरा नबुझी आफु अनुकुल व्याख्या गरेर संस्था ,मन्त्रालय र सरकारकाे खिल्ली उडाएकाे उहाँको टिप्पणी रहेकाे पाईयाे।                                                                             नेपाल सरकारले बजेट मार्फत नेपाल वायुसेवा निगमकाे संगठन सुधार गर्ने भनि गरिएको प्रतिवद्धता बमोजिम विभिन्न विकल्पहरुकाे अध्ययन गर्ने क्रममा कम्पनी माेडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयाेग हुने प्रवन्धपत्र ,नियमावलीकाे ढाँचा तयार गरी असार १५गतेभित्र पेश गर्नु भनेअनुसार संचालक समितिले एक उपसमिति तयारगरी साे उपसमितिले तयार गरेको रणनैतिक साझेदार सहितकाे ढाँचा हुबहु मन्त्रालयमा पेश गरेकाे महाप्रबन्धक पाैडेलले खुलस्त पार्नुभएकाे छ।                 कुनै कम्पनी माेडलमा लैजाने वा निगम निजिकरण गर्ने भन्ने बारेमा निर्णय नभएको जानकारी दिंदै सञ्चालक समितिले पनि कुनै निर्णय नगरेकाे किनकि सञ्चालक समितिका निर्णयहरु जहिले पनि नेपाल सरकारकाे निर्णयकाे अधिनस्त हुने हुनाले नेपाल सरकारकाे निर्णय नै निगमकाे लागि सर्वमान्य हुने महाप्रबन्धक पा‌डेलले स्पष्ट पार्नुभयाे।

Comment here