Uncategorized

नेवानि सुधारमा डिमप्रकाश पाैडेल

काठमाडौं । सँधै कमिशनकाे जालाेमा विवादास्पदरुपमा रहिआएको नेपाल वायुसेवा निगमको छवि वर्तमानमा डिमप्रकाश पाैडेलकाे व्यवस्थापन सुधार कार्यक्रमले गर्दा निगम प्रगतितर्फ बढेकाे आङ्कलन गर्न सकिन्छ । नेपाल वायुसेवा निगमकाे प्रवन्ध निर्देशक पदमा २०७७कार्तिक महिनामा नियुक्त हुनुभएपछि डिमप्रकाश पाैडेलले निगमकाे सुधारका लागि लागु गर्नुभएकाे कार्यक्रमले नेपाल वायुसेवा निगमकाे प्रतिष्ठा बृद्धिहुने आङ्कलन पर्यटन ब्यवसायीहरुले गरेका छन्।                        वर्तमान ब्यवस्थापनले सुधारकालागि गरेका उल्लेखनीय कार्यहरु यस प्रकार रहेको पाइन्छ —१)कर्मचारी /मानव संशाधनकाे संस्थागत एवंंकार्यगत आचरणमा सुधारका लागि अनुशासनका आधारभूत नियमहरु पालना गराउने नीति अनुरुप  हाकिमदेखि कर्मचारीसम्मका लागि समान नियम लागु गरिनुले कर्मचारीमा नयाँ जाेश र जाँगर पलाउनु। २)लामाे समयदेखि लुकाइराखेको ३६कराेड भन्दाबढी मूल्यपर्ने विमानकाे पार्टपुर्जा जुन स्पेनमा समेत भेटिएको बताइन्छ,त्यसलाई लिलाम प्रकृयामा लैजानु। ३)’एनएसी ओभरअल स्टाेर माेनिटरिङ्ग एण्ड म्यानेजमेन्ट प्लान ‘लागु गरिएपछि बार्षिक ४०कराेड भन्दाबढी जथाभावी खरीदमा खर्चहुने रकम नियन्त्रणमा आउनु। ४)निगमकाे प्रगतिका लागि ‘ एयरक्राफ्ट पर्फर्मेन्स माेनिटरिङ्ग ‘काे सुरुवात गर्नु। ५)विदेशबाट निगमले आफ्नैलागि इलेक्ट्रिकल सामाग्री ल्याउन पनि आफैले नपाउने अवस्था रहिआएकोमा साे काे अन्त्यगर्न ‘ डिजी क्यारियर सर्टिफिकेशन टाक्स फाेर्स ‘ गठन गरि क्यानबाट डिजी क्यारियर लाइसेन्स प्राप्तगर्न सफल हुनु। ६)नेवानिकाे वाइड बडी,न्याराे बडी जेट विमान र ट्वीनअटर विमानकाे चार्टर्ड उडानकाे पुरानाे भाडादर समायोजन गरि नयाँ कायम गरिएपछि चार्टर्ड उडानमा पहिलाे प्राथमिकतामा नेवानि पर्नेगर्नु। ७)रिटायर्ड हुनेवेला जथाभावी खर्चगर्ने र बजेट सक्ने परिपाटीको अन्त्यगरी अवकाश पाउनेबेला खर्चनै गर्ननपाउने ब्यवस्था लागु गरिनु। ८)१०बर्षे एकिकृत ब्यवसायिक याेजना कार्यान्वयनमा ल्याइनु ।                                                        यी माथि उल्लेखित आठवटा बुँदाहरुकाे कार्यान्वयनले नेपाल  वायुसेवा निगमले काँचुली फेर्ने धेरै सम्भावना देखिन्छ ।

Comment here