Uncategorized

परम्परा र आयुर्वेद पद्धतिलाई आधुनिक तरिकाले सदुपयोग गरिरहेकाे छु

तन्त्रविज्ञ उत्तम कुमार बज्राचार्य आफुलाई तान्त्रिक हिलर भन्न रुचाउनु हुन्छ।विश्व हिन्दु महासंघबाट तन्त्रविज्ञकाे उपाधि प्रदान गरिएकाे उहाँ तीतेपाती (वनस्पति ) विज्ञ पनि हुनुहुन्छ ।तन्त्र विधामा उहाँको प्रवेश र यस विधाप्रति आफ्नाे धारणा र उपचारका अविस्मरणीय अनुभव उहाँ यसरी व्यक्त गर्नुहुन्छ ——–                               मेराे बाह्राैं पुस्ताकाे बाजे लाखे गुभाजु तन्त्र बिद्यामा सर्वश्रेष्ठ मानिएकाे तान्त्रिक हुनुहुन्थ्यो ।उहाँकै विद्याकाे परम्परा र आयुर्वेद पद्धतिलाई मैले आधुनिक तरिकाबाट उपचारमा सदुपयोग गरिरहेकाे छु।तन्त्रकाे बारेमा भन्नुपर्दा चारवटा चिजहरु आउँछ – १)तन्त्र २) मन्त्र ३) यन्त्र र ४) जन्त्र आदि।तन्त्र भनेको शरिर विज्ञान हाे,मन्त्र भनेकाे ध्वनि विज्ञान हाे ,यन्त्र भनेकाे गती विज्ञान हाेे र जन्त्र भनेकाे रेखा विज्ञान हाे ।यी चारवटै चिज भनेका जीवन चलाउने इनर्जी हाे ।यस्काे प्रयाेग स्वास्थ्य ,धन,मन,वातावातावरण र ब्रह्माण्डमा भईरहेकाे छ।उदाहरणकाे लागि हाम्राे मन,मस्तिष्क र शरिरले कुनैपनि भाषा बुझ्दैन किनभने जन्मिंदा हामीले कुनैपनि भाषा लिएर आएका हुँदैनाैं।मानिसको उत्पत्ति हुँदा पनि भाषाकाे उत्पत्ति भएकाे थिएन।हाम्रो शरीर,मन र दिमागले बुझ्ने भनेकाे सिम्बाेल (संकेत) हाे।संकेतले संसारभरका मान्छेहरुले सबैकुरा बुझ्नसक्छन्।बिभिन्न संकेतहरु जुन हाम्राे शरिरले,मनले,दिमागले बुझ्ने अथवा स्विकार गर्ने भनेकै तन्त्र,मन्त्र,यन्त्र र जन्त्र हाे।याे पद्धतिद्वारा गरिने उपचारनै तन्त्रउपचार हाे।हाम्रो शरिर नै बिभिन्न इनर्जीहरुद्वारा संचालन भईरहेकाे हुन्छ ।जस्तैः – हाम्राे शरिर संचालन गर्ने प्राण इनर्जी (Vital Energy)हाे।त्यसको अतिरिक्त ब्राह्मणकाे बिभिन्न ग्रहहरुबाट आउने इनर्जी चाहिं युनिभर्सल इनर्जी हाे र अर्को चाहिं टाँसिएर आउने इनर्जी (Sticky Energy) हाे।यी इनर्जी लगायतका अरु इनर्जीहरुले हाम्रो शरिर संचालन गरिरहेकाे हुन्छ ।यदि यी इनर्जीहरु असन्तुलित भयाेभने हामी अस्वस्थ हुनपुग्छाैं।यस्ताे अवस्थामा भाईटल फाेर्स कमजोर भयाेभने शरिरले कुनैपनि राेगसंग लड्न सक्दैन र हामीलाई स्वास्थ्यसुरक्षा दिनसक्दैन।त्यस्तै बिभिन्न ग्रहहरुबाट आउने युनिभर्सल इनर्जीमा असन्तुलन भयाेभने पनि हामीलाई बिभिन्न राेगहरु लाग्छ।त्यस्तै टाँसिएर आउने इनर्जीले (Sticky Energy) पनि हामीलाई बिरामी पार्नसक्छ।उदाहरणकाे लागि हामी कहिं जाँदाखेरी अचानक त्यहाँको नेगेटिभ इनर्जी हाम्रो शरिरमा टाँसियाे भने हामी बिरामी हुनसक्छाैं।यस्ताेखाले बिरामी भयाेभने जति अौषधि खाएपनि ,जस्ताेसुकै अस्पताल गएपनि राेग निकाेहुँदैन।यस्ताे निकाेनहुने राेगलाई नै तन्त्र विज्ञानबाट बिभिन्न सिम्बाेलहरु र मन्त्रहरु प्रयाेगगर्दै उपचार गर्ने पद्धतिलाईनै तन्त्र उपचार पद्धति भनिन्छ ।कुनैपनि इनर्जी असन्तुलन भई हुनजाने शारीरिक समस्यालाई दक्ष तान्त्रिककाे उपचार पाएमा सजिलै निकाेपार्न सकिन्छ ।यस उपचार पद्धतिमा प्रयाेग हुने भनेको सुरुमा मन्त्र नै हाे।त्यसपछि बिभिन्न युनिभर्सल इनर्जीहरु ,स्टिकी इनर्जीहरु र बिभिन्न सिम्बाेल लगायत बिभिन्न टेक्निकहरु अपनाएर उपचार गरिन्छ।मन्त्र ,युनपभर्सल इनर्जी ,स्टिकी इनर्जी र सिम्बाेलहरु हाम्राे शरिरले तुरुन्तै स्विकार गर्दछ र त्यसलाई शरिरले स्विकारेपछि हाम्राे शारीरिक समस्या तुरुन्तै निकाे अथवा समाधान हुन्छ।अब,उपचारकाे अविस्मरणीय अनुभवकाे बारेमा भन्नुपर्दा बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको पार्किन्सनकाे उपचार गरि उहाँको स्वास्थ्यलाभ भएकाे क्षण,अर्का कलाकार इन्दिरा जाेशीकाे उपचार गरि सफल भएको क्षण,सिता भट्टराईकाे थाईराईड र ब्लड क्यान्सरको उपचार सफल भएकाे क्षण र स्वास्थ्य सेवा बिभागका पूर्व महानिर्देशक महेन्द्र केशरी क्षेत्रीकाे श्रीमतीको उपचार सफल पार्न सकेको क्षणहरु सम्झिंदा तन्त्र विज्ञान प्रति गाैरव महसुस हुन्छ।                                                                                                                                    तान्त्रिक हिलर उत्तम कुमार बज्राचार्य                              भिन्छेबहाल , ललितपुर ।                                              ९८६०९२२७७४

Comment here