Uncategorized

पर्यटनमा नयाँ आकर्षण : मिनिग्रेटवाल

तनहुँ जिल्लाकाे बन्दीपुर गाउँपालिका कार्यालयले आफ्नाे वडा २काे थानीमाई मन्दिरबाट सुरुभई मुकुन्देश्वरी डाँडासम्म एक करोड रुपैयाँ खर्च गरेर चीनकाे जस्तै झझल्काे दिनेगरि निर्माण गरेकाे मिनिग्रेटवाल अहिले पर्यटककाेलागि आकर्षण बनेको छ।                                     ” पहाडकी रानी ” उपनामले प्राकृतिक सुन्दरतामा प्रसिद्धि कमाएकाे बन्दीपुरमा ” मिनिग्रेटवाल ” काे निर्माणपछि आन्तरिक पर्यटकको आगमन विदाका दिनहरुमा दैनिक दुई हजारसम्मकाे संख्यामा हुने गरेकाे स्थानीय पर्यटन ब्यवसायी वताउँछन्।पर्यटन पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्राायबाट सात कराेड रुपैयाँ विनियोजन भईसकेकाले छिट्टै टेण्डरकालागि प्रकृया अघि बढाउने भन्ने बुझ्नमा आएकाे र साे मिनिग्रेटवालकाे लागि नेपाल सरकारकाेे रुपैयाँ चार कराेड ५५ लाख र बन्दीपुर गाउँपालिकाकाे रुपैयाँ दुई कराेड ४५ लाख साझेदारी रहेकाे बुझिन्छ ।उक्त बजेटबाट पर्खाल निर्माण ,पार्क,हाेटल,कफि शप लगायतका संरचना निर्माण हुने याेजना रहेकाे बताईन्छ।बहुबर्षिय कार्यक्रम अन्तरगत विस्तृत आयाेजना प्रतिवेदन (डिपिआर) १९ कराेड रुपैयाँ रहेकाे र २०७९ फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको गाउँपालिकाकाे स्रोत बताउँछ ।                                  पाल्पाका ऐतिहासिक राजा मुकुन्द सेनकाे दरवारलाइ भित्रपट्टि पारेर मुकुन्देश्वरी डाँडामा यस “मिनिग्रेटवाल”भित्रका क्षेत्रकाे पदमार्गमा घाेडा र साइकलबाट सवार गर्न सकिने कुरा स्थानीय बासिन्दा बताउँछन् ।                                                                       तनहुँकाे डुम्रे बजारबाट नाै किलोमिटर नागवेली उकालाे यात्रा पुरा गरेपछि बन्दीपुर पुग्न सकिन्छ।यहाँबाट पश्चिमतर्फ धाैलागिरि,अन्नपूर्ण ,माछापुच्छ्रे ,मनास्लु,बुद्धहिमाल देख्न सकिन्छ भने पूर्वतर्फ गणेश हिमाल ,लाङटाङ लगायत अन्य हिमश्रृंखलाहरु मनै प्रफुल्ल हुनेगरी देख्न सकिन्छ ।बन्दीपुर बजारकाे आकर्षण भनेको दाेहाेराे लाइन मिलाएर ढुंगाकाे स्लेटले छानाे हालिएको कलात्मक घर,सफा र राम्रा बाटाे र नेवारी संस्कृति हाेे भने धानीमाई,खड्गमाई ,विन्ध्यवासिनी मन्दिर ,तीनधारा,रानीवन र समतल फराकिलो टुंडिखेल यहाँका दृश्यावलाेकन गर्ने ठाउँहरु हुन्।त्यस्तै बन्दीपुर बजारको सेराेफेराेमा गुरुङ समुदायको घाँटु र मगर समुदायको काैरा  आदि स्थानीय खानाका परिकारहरुले पनि पर्यटकलाई लाेभ्याउने गरेकाे बुझिन्छ।सांस्कृतिक पर्वकाे रुपमा स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा,गाईजात्रा ,राेपाईंजात्रा,लाखेनाच आदि यहाँको बिशेष आकर्षण मानिन्छ।

Comment here