NewsTourism

पर्यटन, कृषि र जलविद्युतकाे समन्वय गरिनुपर्छ

काेेराेनाकाे कहरले बिश्वकाे आर्थिक गतिविधि भद्रगोल अवस्थामा पुगेकाे अहिलेकाे परिप्रेक्ष्यमा अब हामीले पर्यटन,कृषि र जलविद्युतकाे बिकासमा लाग्नुकाे बिकल्प छँदैछैन।                                                                        पर्यटन क्षेत्रकाे कुरा गर्नुपर्दा अहिलेसम्म पर्यटनमा जतिपनि बिकास भएकाे छ त्याे सबै ब्यबसायीहरु आफुले ब्यक्तिगतरुपमा गरेकाे प्रबर्द्धनकाे कारणले नै हाे।मुख्यकुरा राज्य पर्यटनमा जिम्मेवार बन्नुपर्याे,त्याे देखिएकाे छैन।पर्यटक हामीले धेरै भन्दा धेरै भित्र्याउने हाे भने हाम्राे राष्ट्रिय ध्वजाबाहक बिमानलाई पर्यटकीय सम्भावना भएका मुलुकहरुसम्म सिधा उडान गर्न सक्नुपर्‍यो त्याे पनि बिश्वासिलाे भएर ! अर्को महत्वपूर्ण कुरा भनेकाे अहिले भइरहेको बिश्वबजारकाे सिण्डिकेटलाइ अन्त्य गर्न सक्नुपर्छ र त्यसाे गर्नका लागि स्वदेशी पर्यटन ब्यवसायीहरुलाई करमा सुबिधा दिईनुपर्छ र एकद्वार प्रणाली अपनाइनु पर्छ। माफियाहरुकाे चङ्गुलबाट पर्यटनलाई बचाउन नितान्त जरुरी भईसकेकाे छ र त्यसकाे लागि अान्तरिक उडानमा रहेकाे सिण्डिकेट अन्त्य हुनुपर्छ।                                                                                पर्यटन क्षेत्रमा आश्रित श्रमिकहरुकाे लागि भइआएकाे दुर्घटना बिमा,ओैषधि उपचार बिमा र उद्धार बिमालाई पूर्णरूपमा सरकारबाट कार्यान्वयन हुनुपर्छ र पर्यटन श्रमिकहरुकाे लागि एउटा अस्पतालकाे ब्यवस्था सरकार र ब्यबसायीहरु मिलेर गरिनुपर्छ।                                     काेराेनाकाे कहरकाे दुरगामी असरबाट आफुलाई बचाईराख्न अब हामीले कृषि,पर्यटन र जलविद्युतकाे समन्वय गरेर त्यसकाे बिकासमा लाग्न सक्नुपर्छ। किनकि कृषि पर्यटनलाई नभइ नहुने बस्तु भयाे र जलविद्युत पर्यटनकाे लागि पूर्वाधार निर्माण देखिनै अति आबश्यक वस्तु हाे। कृषिबाट खानाकाे मेनुकाे कच्चापदार्थकाे उत्पादन हामी आफैले गरी परिपूर्ति गर्नसक्छाैं र पर्यटनको विविधपक्षमा चाहिने उर्जाकाे परिपूर्ति अाफ्नै जलविद्युत उत्पादनबाट गर्नसक्छाैं। यसरी पर्यटन क्षेत्रकाे लागि चाहिने अावश्यक बस्तुहरु अाफैले उत्पादन र परिपूर्ति गर्नसके मात्रै देश समृद्ध र जनता सुखी हुन सक्छन्।                                                                                                      – रामचन्द्र ढाैनिया                                                           हेभन टुर्स प्रा.लि.

Comment here