Uncategorized

पर्यटन प्रवर्द्धनका लागि सगरमाथाको कालापत्थरमा फेसन शो हुने

 

काठमाडौँ ।बिश्वको सबैभन्दा उचाइमा ‘ माउण्ट एभरेष्ट फेसन रनवे ‘ कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रबन्धनमा आयोजना हुने भएको छ ।नेपालसहित बिश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो 2078असोज 6गते सगरमाथाको कालापत्थर क्षेत्रमा आयोजना हुने बताइन्छ ।दोस्रो संस्करणको रुपमा  आयोजना हुन लागेको ‘माउण्ट एभरेष्ट फेसन रनवे ‘कार्यक्रम जस्तै यसअघिको कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट बिश्व किर्तिमानको उपाधि प्राप्त गरिसकेको बताइन्छ ।यस बर्ष हुन गइरहेको कार्यक्रमलाई पनि गिनिज बुकमा रेकर्ड गराउने आयोजकले जनाएका छन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको हिमाल पहाड र तराईको पर्यटन प्रवर्द्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्ने बताउनुभयो ।विश्वसमुदायले नेपाललाई मौसमी  (सिजनल) पर्यटकीय गन्तव्यको रुपमा बुझ्नेगरेको भन्दै उहाँले असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताउनुभयो ।कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रबर्द्धनका अन्य कामलाई निरन्तरता दिने जानकारी उहाँले दिनुभएको थियो ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताउनुभयो ।सोही कार्यक्रममा के फिल्म्सका प्रमुख कार्यकारी अधिकृत पंकज के गुप्ताले बिश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्नेछ भनि आफ्नो मन्तब्य राख्नुभयो ।यसैगरी कम्पनीका सीओओ तथा फेसन डिजाइनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रस्तुत गरिने बताउनु भयो ।सो ‘माउण्ट एभरेष्ट फेसन रनवे ‘कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटी शो निर्देशक श्रुती आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्ने जनाएको छ।

Comment here