Uncategorized

पर्वतारोहण सुरक्षाबारे राष्ट्रिय सुरक्षा परिषदकाे चासाे

काठमाडौं । ” नेपालकाे हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु ” विषयक दुई दिने वेेेेेबिनार (Webinar) कार्यक्रम २०७८आषाढ १३गतेदेखि आषाढ १४गतेसम्म राष्ट्रिय सुरक्षा परिषदकाे सचिवालयमा हुने भएको छ।                                                                  प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाकाे प्रमुख आतिथ्यमा Virtual मिटिङ्ग मार्फत समुद्घाटन तथा संचालन हुने उक्त  दुई दिने वेबिनार (Webinar) ले पर्वतारोहण र वातावरण व्यवस्थापनमा प्रविधिको प्रयाेग लगायत सम्वन्धित निकायहरुबीच समन्वयका क्षेत्रहरुलाई पहिचान गर्ने तथा प्रभावकारी बनाउन सहयाेग गर्ने अपेक्षा गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।                                                नेपालकाे हिमाली पर्यावरणकाे संरक्षण ,पर्वतारोहणमा सुरक्षा र व्यवस्थापनका वर्तमान र भावी समस्या तथा चुनाैती एवं समाधानका विकल्पहरुमा विषय विज्ञहरुकाे प्रस्तुतिकरण रहने उक्त वेबिनार (Webinar)मा सराेकारवाला मन्त्रालयहरु,निकायहरु र सम्वन्धित विज्ञहरुकाे उपस्थिति रहनेछ भने रक्षा सचिवज्यूकाे प्रमुख आतिथ्यतामा राष्ट्रिय सुरक्षा परिषदकाे सचिवालयका संयाेजक/सह-संयाेजकबाट समापन गर्ने कार्यक्रम रहेकाे जनाइएको छ।

Comment here