Uncategorized

पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं ।राष्ट्रिय गाैरवकाे याेजना अन्तरगत पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।विमानस्थलकाे निर्माणकार्य अवकाे ६महिनामा सम्पन्न हुने बताईन्छ।                                           पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे टर्मिनल भवन १४हजार स्क्वायर मिटरमा बन्नलागेकाे हाे।८हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४हजार स्क्वायर मिटरकाे टर्मिनल भवन निर्माण हुन लागेको हाे।विमानस्थल निर्माण सन् २०१७काे नाेभेम्बर महिनादेखि सुरु भएकाे थियाे।हालसम्म रन वे,ट्याक्सी पार्किङ ,टर्मिनल भवन,एप्राेन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान स्थान),नाला निर्माण ,ह्याङ्गर निर्माण लगायतका काम भईसकेका छन्।अहिले फिनिसिङ,लाईट हाल्ने,इलेक्ट्रिफिकेसन,इक्यूपमेन्ट,पाइपलाईन बिच्छाउने तथा भित्री सडकका कामहरु भईरहेकाे छ।                            कुल २२अर्ब रुपैयाँ चिनियाँ ऋण सहयाेगमा विमानस्थल निर्माण भईरहेकाे हाे।विमानस्थलकाे निर्माण कार्य सन् २०२१जुलाई १०सम्म सक्नेगरी सम्झौता भएको थियाे।यही महिना भित्र निर्माण सम्पन्न हुनुपर्ने भएपनि काेराेनाकाे कारण आयाेजना पर धकेलिएको हाे।गत आर्थिक बर्ष २०७६/७७मा काेराेनाकाे कारण निर्माणले गति लिन नसक्दा ६१प्रतिशत भाैतिक प्रगतिमा सिमित रहनु परेकाे र चालु आर्थिक बर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएकाे काेराेनाकाे दाेस्राे लहरका कारण निषेधाज्ञा हुँदा कामले गति लिन भने सकिरहेकाे थिएन।मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने याेजना रहेकोमा काेभिड दाेस्राे लहरका कारण राेकिएकाे थियाे।अव भने विदेशबाट आउने जनशक्तिहरु जुलाई /अगष्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भईरहने ईन्जिनियर कृष्ण पाैडेलले बताउनुभयो ।उहाँका अनुसार काेभिडकाे निषेधाज्ञामा पनि काम नराेकिइ निरन्तर भईरहेकाे छ।५००जनशक्तिको ठाउँमा काेभिड निषेधाज्ञामा २००जनशक्तिले काम गरिरहेका छन्।काेभिडकै कारण हाल चिनियाँ जनशक्ति पनि १६६जना मात्र निर्माणमा आवद्ध रहेका छन् ।हाल विमानस्थल निर्माणले अपेक्षित गति लिन सकेकाे छैन।निर्माण सम्पन्न मिति समेत सन् २०२१डिसेम्बरका लागि सारिएको ईन्जिनियर पा‌ैडेलले जानकारी दिनुभयाे।

Comment here