NewsTourism

पूर्वाधार बिकास र प्रचार प्रसारकाे पर्खाइमा

हामीकहाँ पुरानै पर्यटकीय गन्तब्यहरुकाे प्रबर्द्धन र ब्यापार गर्दैजाने चलन चलिआएकाेमा अब यसलाई अलि परिवर्तन गर्दै नयाँ गन्तव्यकाे पहिचान गरि प्रवर्द्धन गर्नु आबश्यक छ।जस्तै – नेपालमा “स्की”काे अवधारणा अहिलेसम्म अगाडि बढेकै छैन। यसकाे लागि बिदेशमा तालिम दिने ब्यवस्था मिलाएर दक्ष जनशक्ति उत्पादन गरि “स्की”संचालन गर्न सकिन्छ।अहिले “स्की”काेलागि देखिएकाे उपयुक्त स्थान मकालु र एभरेष्टकाे बीचमा पर्ने बरुन्चे हिमालकाे काखमा रहेकाे शेर्पीनीकाेल र वेष्टकाेल जुन ६हजार मिटर उँचाईमा छ र झण्डै हाम्राे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे क्षेत्रफल बराबर रहेकाे हिउँ र आईसकाे समतल भूभागलाई “स्की” रिजाेर्टकाे रुपमा परिचित गराउन सकिएमा नेपालमा पनि “स्की” विधाले अन्तर्राष्ट्रिय आकर्षण पाउने ठूलो सम्भावना रहेकाे कुरा जानकारहरु वताउँछन्।

Comment here