Uncategorized

पूर्वाधार बिकास र प्रचारप्रसारकाे पर्खाइमा

डाेल्पा प्राकृतिक सुन्दरताकाे हिसाबले स्वर्गकाे टुक्रा जस्तो छ र पर्यटनको अथाह सम्भावना बाेकेकाे एउटा गन्तव्य हाे।डाेल्पा पर्यटकीय दृष्टिकोणले नेपालमा अहिलेसम्म नामकमाएका भनिएका गन्तव्यहरु भन्दा धेरै पृथक र कता हाे कता सुन्दर रमणीयरुपमा रहेकाे छ। तर, यति हुँदाहुँदै पनि नेपाल सरकारकाे तर्फबाट कुनै पनि किसिमकाे पूर्वाधारको बिकास र प्रचारप्रसार हुन नसक्नु दु:खलाग्दाे बिषय भएकाे छ भनि स्थानीय पर्यटन ब्यवसायीहरु दुखेसाे गर्छन् र याे पनि भन्छन् कि-“बिदेशमा डाेल्पालाइ अझै राम्रोसँग चिनाएकाे त ‘क्याराभान’फिल्मले मात्रै हाे।”                                                                          त्यहाँका पर्यटन ब्यवसायीहरुकाे भनाइमा डाेल्पाकाे पर्यटकीय प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरु यस प्रकार रहेका छन्- १) अपर डाेल्पामा पर्यटन प्रवेश शु:ल्क केहि घटाउनु पर्याे २) डाेल्पाकाे लागि हवाई भाडा असाध्यै महँगो भएकाे हुँदा यसलाई सहजीकरण गरिनु अत्यन्तै जरुरी भएकाे ३) पर्यटकीय मार्गमा सूचना बाेर्डहरुकाे ब्यवस्था गरिनुपर्छ  ४) अाधुनिक संचार संयन्त्रसहित सूचना केन्द्र खाेलिनुपर्याे। ५) हाेमस्टेकाे अवधारणा बिकसित गराइनुपर्याे जसले गर्दा पर्यटकहरु डाेल्पामा आएपछि यहाँको जीवनशैली,संस्कार,रितिरिवाज,सांस्कृतिक गतिविधि आदि विस्तृतरुपमा बुझ्न सक्नेछन्  ६) टी हाउसकाे ब्यवस्था अनिवार्य गरिनुपर्छ जसले गर्दा त्यहाँका स्थानीयलाई राेजगारी पाउनुकाे साथसाथै पर्यटनमा अाकर्षण बढ्न जानेछ ७) स्थानीय उत्पादनहरु जस्तैः -चाैरीपाेट,जडिबुटी र हस्तकलालाइ प्रवर्द्धन गरेर स्थानीय बासिन्दालाई त्यसैबाट राेजगारी सृजना गर्ने वातावरण राज्यबाट मिलाउनु पर्छ। डाेल्पाभित्र रहेका प्राकृतिक,धार्मिक,सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुकाे बारेमा डकुमेन्ट्री फिल्म बनाएर नेपाल पर्यटन बाेर्डले आफ्नो web site मा राखिदिने काम गरेमा मात्रै पनि डाेल्पाकाे केहि मात्रामा भएपनि अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुनसक्ने हामीले ठानेका छा‌ैं भनि स्थानीयहरु ब्यक्त गर्दछन्।

Comment here