TourismTravel

पूर्वाधार बिकास र प्रचार-प्रसारकाे पर्खाइमा

नेपालकाे परर्यटन क्षेत्र भनेर अहिलेसम्म सबैले जानिबुझि आएकाे एभरेष्ट,लाङटाङ र अन्नपूर्ण क्षेत्रलाइ बुझिन्छ।तर,पूर्वमा कंचनजंगा र मकालु क्षेत्र पनि हुन् भने पश्चिममा डाेल्पा एरिया र सुदुर पश्चिमकाे साइपल अपि क्षेत्रलाइ अझैसम्म पनि नेपालले अन्तर्राष्ट्रिय बजारीकरण गर्न नसकिरहेकाे स्थिति छ।ती सबै क्षेत्रहरुमा पर्यटकीय सुबिधायुक्त बासस्थानहरु बिकास गर्न सकिएकाे खण्डमा ती क्षेत्रहरु अझबढि आकर्षकीय गन्तब्य बन्नसक्ने जानकारहरु बताउँछन् ।किनभने एभरेष्ट र अन्नपूर्ण क्षेत्रकाेे लागि पर्यटकले हाल २ हप्ताकाे मात्रै समय बिताईआएका छन् भने ती नयाँ गन्तव्यहरुकाे लागि १महिनाकाे समयावधि लाग्नेहुँदा ब्यवसायी,राज्य र त्यहाँका स्थानीयलाई राम्राे आम्दानीकाे स्रोत खुल्ने प्रवल सम्भावना रहन्छ।त्यसमा पनि मध्यपश्चिम नेपालकाे ढाेरपाटन क्षेत्र पर्यटकीय शिकार क्षेत्रकाे रुपमा चिनिन्छ भने त्यसलाई अझ सुविधायुक्त प्रबर्द्धन गर्न सकिएमा त्यस क्षेत्रसँग जाेडिएकाे चुरीयन हिमाल,पुथा हिमचुली,धवलागिरी ४-५ र गाेर्जा हिमालजस्ता अतिआकर्षित ठाउँहरुकाे समेत पर्यटकीय ब्यापार हुनसक्ने प्रसस्त सम्भावना छ किनभने त्यहाँ पाेखराबाट तीन दिनमै पुग्नसकिन्छ भन्ने अनुभवी पर्यटन ब्यवसायीहरुकाे भनाइ पाईन्छ।

Comment here