Uncategorized

पोखरास्थित लेकसाइडका होटल खुल्न थाले

काठमाडौं । कोरोना महामारीको सन्त्रासले तीन महिनादेखि बन्द पोखराको लेकसाइडका होटल खुल्न थालेका छन् ।कोरोना संक्रमणको जोखिम अझै रहेको भएपनि स्वास्थ्य मापदण्ड पालना गरी होटलहरू खुल्न थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ४गते देखि कूल क्षमताको ५०प्रतिशत मात्र पाहुना राख्न पाउने गरी होटल सञ्चालन गर्न अनुमति दिएपछि पोखरामा होटल ब्यवसायीले होटल खोल्न थालेका हुन् ।५०प्रतिशत मात्र पाहुना राखेर होटल सञ्चालन गर्न अनुमति दिएपनि अहिले कूल क्षमताको दूई प्रतिशत मात्र पाहुना होटलमा आएको स्थानीय होटल ब्यवसायी बताउँछन् ।

पहिलो चरणको कोभिड संक्रमणको बेला छ महिना र अहिले तीन महिनागरी नौ महिना पूर्णरुपमा होटल बन्दहुँदा  ठूलो नोक्सानी भोग्नुपरेको ब्यवसायीहरुको दु:खेसो सुनिन्छ ।लेकसाइडका होटलमा मात्र १५हजार भन्दाबढी दक्ष तथा अदक्ष कामदार कार्यरत रहेकामा पहिलो चरणको कोभिड संक्रमणपछि २५प्रतिशत कामदारले रोजगारी गुमाएको बताईन्छ ।अहिले पोखरा–काठमाडौं नियमित उडान सञ्चालन भइसकेको र लामो तथा मध्य दूरीका यातायातका साधन सञ्चालन भएपछि पाहुना आउने क्रम शुरु भएकोले स्वास्थ्य मापदण्ड पालना गरी होटलभित्रै बसेर खाना खाने र सुत्ने ब्यवस्था गरिएको होटल ब्यवसायी बताउँछन् ।लेकसाइडमा मात्र ३५०भन्दाबढी साना तथा ठूला होटल रहेका छन् ।साना होटललाई तत्काल सञ्चालन गर्न सहज भएपनि ठूला होटलमा जनशक्तिदेखि धेरै उपभोग्य वस्तुको आबश्यकता पर्ने भएकाले सिमित ब्यक्तिलाई लक्षित गरेर होटल खोल्न गाह्रो हुने ब्यवसायीहरुको भनाइ पाइन्छ ।

 

 

 

Comment here