Uncategorized

बुद्धकृष्णले आठौं पटक जिब्रो छेडे

भक्तपुर ।बिस्का जात्राका अवसरमा मनाइने भक्तपुरको मध्यपुर थिमि नगरपालिका -८बाेडेमा ४८बर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेडेका छन्।गतबर्ष काेराेनाकाे सन्त्राशका कारण अौपचारिकतामा सिमित भएको साे जात्रा यस पटक सरकारले भीडभाड नगर्न -नगराउन अनुराेध गरेपनि नगरपालिकाले जात्रा संचालन गरेको हाे।                                                            याे जात्रामा जिब्राे छेड्नकालागि बाेडे लाकुछेंका नकर्मीहरुले ११इन्चको नटुचा एक महिना अघिदेखि तेलमा डुबाएर राखेका हुन्छन् ।साताैं पटक यस जात्रामा जिब्राे छेडिसकेका पेशाले एम्बुलेन्स चालक बुद्धकृष्ण बाग श्रेष्ठले हिजाे अाठाैं पटक जिब्रो छेडेका हुन्।जिब्राे छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने,राेग , अनिकाल, अनाबृष्टि,अतिबृष्टि र महाभूकम्प नआउने परम्परागत जनविश्वास रहेकाे पाईन्छ।

Comment here