Uncategorized

बुद्ध एयरले भरतपुरबाट भैरहवा नियमित उडान गर्ने

काठमाडौं । बुद्ध एयरले आगामी १५अगष्टबाट चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित उडान गर्ने भएको छ ।क्षेत्रीय विमानस्थललाई जोड्ने गरी रुट तय गरेको भरतपुर–भैरहवा रुटमा शनिबार,बुधबार र शुक्रबार गरी सातामा तीनवटा उडान हुने बुद्ध एयरले जनाएको छ ।यसअघि बुद्ध एयरले पोखरा–नेपालगन्ज रुटमा नियमित हवाई उडान सञ्चालनमा ल्याइसकेको छ।

Comment here