Uncategorized

बेपत्ता भएका भनिएका रुसी आराेही सम्पर्कमा

काठमाडौं ।अन्नपूर्ण हिमाल आराेहण क्रममा हिजो साँझदेखि बेपत्ता भएका भनिएका रुसी आराेहीहरुसँग सम्पर्क स्थापित भएकाे बुझिएको छ।ती पर्यटकहरु आधार शिविरमा ढिला आइपुग्दा हराएको आशंका गरिएकोमा अहिले सम्पर्कमा आएकाे जानकारी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले दिनु भएकाे हाे।                                 हराएका भनिएका रुसी आराेहीहरुकाे खाेजीगर्ने काममा कैलाश एयरकाे हेलिकप्टरमा शेर्पाको टाेलीनै खटाइएको थियाे।विश्वकाे दशाैं अग्लाे अन्नपूर्ण हिमाल साहसिक आराेहणका लागि प्रख्यात मानिन्छ ।यस सिजनमा अहिलेसम्म ४समुहका ४४जनाले अन्नपूर्ण आराेहण गर्न अनुमति लिएकामा २१जना चुचुरोमा पुगेकाे बिभागले जनाएको छ।

Comment here