Uncategorized

भृगुसंहिताले भाग्यसँग सम्बन्धित धेरै बर्णन गर्दछ

भृगुसंहिताका अनुसार कुनै ब्यक्तिकाे जीवनकालमा भाग्यकाे गहन प्रभाव रहन्छ।कुनै ब्यक्तिकाे खुसी,दु:ख,सफलता,असफलता,धनी,गरिबी आदि सबैकाे आफ्नाे भाग्यसंग सम्बन्ध छ।धर्मशास्त्रका अनुसार ब्यक्तिलाई जे हुन्छ त्याे उसले आफ्नाे भाग्यले गर्दामात्र पाउँछ ।तर,यदि कुनै ब्यक्तिले प्रयाश गर्दैजान्छ भने आफ्नाे भाग्य पनि परिवर्तन गर्न सकिन्छ ।हिन्दू ज्याेतिषशास्त्र भृगुसंहिता यस्ताे शास्त्र हाे जस्ले कुनै ब्यक्तिकाे भाग्यसंग सम्बन्धित धेरै चिजहरुकाे बर्णन गरेकाे छ।यसमा उल्लेख भए अनुसार कुण्डलीकाे चढावकाे आधारमा भनिएकाे छ कि जव ब्यक्ति भाग्यशाली हुन्छ तव भविष्य र वर्तमानकाे समानदृष्टि राख्नसक्ने क्षमता प्राप्त गर्नुकाे साथसाथै समयकाे बाक्लो पर्खालमा देख्नसक्ने मानाैंकि पारदर्शी शीशाबाट हेर्नसक्ने दुरदृष्टि रहन्छ।भृगुसंहितामा कुण्डलीकाे समयकाे आराेहणलाई हेरेर याे थाहा पाउन सकिन्छ कि कुन उमेरमा ब्यक्तिले भाग्य र धनकाे सुख पाउन सक्दछ।                          भृगुसंंहिता  ज्योतिष विधाकाे एक   विसाल ग्रन्थ हाे।यस शास्त्रबाट प्रत्येक व्यक्तिको  तिन जन्मकाे राशिफल बताउन सकिन्छ । कुुुुण्डलीमा   १२ भाव राशिमा नामाकरण गरििएको छ  यी राशिहरु – मेष, बृृृृषभ,  मिथुन, कर्क, सिंह, कन्या , तुुुला,  विश्चिक,  धन, मकर, कुम्भ र  मीन हुन्। यस आधारमा मेष लग्नको व्यक्तिको  भाग्य सामान्ययतया १,  १६,  २२, २८  र ३६   बर्षकाेेउमेरमा उदय हुन्छ। बृष  लग्नको ब्यक्तिकाे २५, २८, ३६  र  ४२ बर्षको  आयुमा ,  मिथुन लग्नकाे कुण्डलीकाे भाग्याेदय       २२, ३२, ३५, ३६, ४२ बर्षकाेे आयुमा ,  कर्क  लग्नकाे  १६, २२, २४, २५, २८ या  ३२ बर्षकाेे आयुमा,   सिंंह  लग्नकाे भाग्याेदय १६, २२, २४, २६, २८ या  ३२ बर्षको आयुुुुमा  हुुनसक्छ। जवकि कन्या लग्नकाे   भाग्यााेदय १६, २२,    २५, ३२,   ३३ ,    ३४ र ३६ आयुबर्षमा हुन्छ र जसकाे  कुुुुुुुण्डली   तुला लग्नको छ उसकाे    भाग्यउदय     २४, २५, ३२, ३३ र ३५  बर्षकाे आयुमा हुन्छ । बृश्चिक   लग्नकाे कुण्डली     हुुुुुुुनेकाे  भाग्यकाे उदय  २२, २४, २८ र ३२ बर्षकाे आयुमा , धनु  लग्नकाे १६, २२ या ३२   बर्षकाे आयुुुुमा  हुुनसक्छ। मकर     लग्ननकाेे कुण्डलीकाे २५, ३३, ३५ र ३६  बर्षकाे आयुमा , कुुुुुम्भ  लग्नकाे २५, २८, ३६  या  ४२    बर्षको  आयुुुुमा र  मीन लग्नकाे कुुुण्डलि काे ब्यक्तिकाे भाग्याेेद य  १६,  २२,    २८   या     ३३ बर्षकाे आयुमा हुन्छ।                                                                                                                            ज्याे.गुरु डा.कैलाश प्रसाद                                                            ऊँ त्रिकाल साई एस्ट्राे रिसर्च                                                         सृजना चाेक,चन्द्रागिरी नगरपालिका ,काठमाडौं                      9851057111

Comment here