Uncategorized

मेलबोटबाट मर्दी हिमालसम्म नयाँ ‘ट्रेकिङ रुट’को विकास

काठमाडौं । विश्व प्रसिद्ध मर्दी हिमाल जानको लागि नयाँ ‘ट्रेकिङ रुट’को विकास गरिएको छ।गण्डकी प्रदेश सरकारको गत आर्थिक बर्षमा १०लाख रुपैयाँ बजेट र जर्मनस्थित एक बिदेशी संस्थाको चार लाख ५०हजार आर्थिक सहयोगमा पोखरा महानगरपालिका-२५मेलबोटबाट शुरु हुने उक्त पदमार्गका बिभिन्न स्थानमा पर्यटकीय पूर्वाधारहरु समेत निर्माण गरी मर्दी हिमाल पुग्नको लागि नयाँ ट्रेकिङ रुटको बिकास गरिएको हो।पदयात्रा बिकास गर्ने योजना अनुसार उक्त पैदलमार्ग मेलबोटबाट शुरु भएर अस्ताम,धिताल,धम्पुस,प्रितम देउराली तथा धिताल ल्वाङ,घलेल कालिमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी निर्माण गरिएको छ।अब्यबस्थित सडक पूर्वाधार निर्माणका कारण पदमार्ग हराउँदै गएको अवस्था थियो,अव यस नयाँ पदयात्रा मार्ग निर्माणबाट मेलबोटबाट नै पदयात्रा शुरु गर्न सकिने भएको छ।ढुङ्गाको छपनी बिछ्याएर दुई मिटर फराकिलो बनाइएको यस पदमार्गमा यात्रा गर्न सहज हुने स्थानीय पर्यटन ब्यवसायीहरु बताउँछन् ।हालसम्म ५००मिटर पैदलमार्ग निर्माण भइसकेको छ।

Comment here