Uncategorized

रावण संहिताबाटै विज्ञान जन्मिएको हाे

त्रिकालदर्शी ज्याेतिष दैवज्ञ शिराेमणी श्री टिकाराम भुषालले गुरुकुलबाट शिक्षा प्राप्त गर्नुभएको हाे।उहाँको फलादेश ९५ प्रतिशत ठिक पाईएबश ज्याेतिषमा दैवज्ञ शिराेमणीकाे उपाधि प्राप्त गर्नुभएको हाे र भूत,भविष्य ,वर्तमान तीनवटै कालकाे कुरालाई ब्याख्या बिश्लेषण गर्नसकेकाे हुँदा त्रिकालदर्शी भनेर विभूषित हुनुभएकाे पाईन्छ।ज्याेतिष विधाबारे उहाँको धारणा जान्नखाेज्दा यस्ताे पाईयाे ———                                                           ज्याेतिष सम्बन्धमा मैले भन्नुपर्दा मेराे बिषयनै फलित ज्याेतिष हाे।यसमा गुरु आशिर्वादकाे साथसाथै भित्री आशिर्वाद पनि मलाई मिलेको अनुभव मैले पाएँ।ज्याेतिषका हाँगा धेरै छन्।धेरै ऋषिहरुका मतमतान्तर छन्।ऋषिहरुले आ-आफ्नो तरिकाले फरक फरक ढंगमा गार्गी,बशिष्ठ,भृगु,पराशर आदिकाे ब्याख्या गरेका छन्।भृगु ऋषिकाे मतमा पानी र बरफ एउटै हाे भन्ने सिद्धान्तबाट ज्याेतिष विधा खडाभयाे भने भृगुसंहिताकाे वचनलाई रावणसंहिताले खण्डन गरेकाे छ।जस्तै : समुद्रको १माना पानी र बरफ पगालिएकाे १माना पानी ताैलगर्दा घनत्वमा फरक पाईएवश पानी र बरफ दुईवटा भिन्न हाे भन्नेकुरा रावणसंहितामा पाईन्छ ।त्यसै कारणवश रावणले भृगुसंहितालाई खण्डन गरि रावणसंहिता तयारी भयाे।वर्तमान समयमा कलियुग भएकाे हुँदा रावण संहिताबाटै विज्ञान जन्मिएको हाे।सत्य,त्रेता,द्वापर युगमा भृगुसंहिताकाे फल ग्यारेन्टी थियाे तर कलियुगमा आएर रावण संहिताकाे फल प्रमाणित भएकाे पाईन्छ ।त्यसाेहुँदा मैले केही भाग भृगुसंहिताकाे आधारबाट ब्याख्या गर्दछु र केहि भाग रावण संहिताबाट ब्याख्या गर्नेगरेकाे छु।भृगुसंहितामा जुन भावमा बृहस्पति छन् त्याे भावलाई उच्चमानेर ब्याख्या गरिएको छ तर रावण संहिताले यसलाई खण्डन गरेकाे छ ।जस्तैः यद्भाव जीव तत्भाव नाश ।यिनै पक्षहरुलाई मध्यनजर गर्दै मैले भृगुमत रावणसंहिता मतलाई अग्रपंक्तिमा राखेर फलादेश गर्नेगरेकाे छु।अब ज्याेतिष विधाकाे बर्तमान अवस्थाबारे भन्नुपर्दा याे शास्त्र राम्ररी अध्ययन अनुसन्धान गरेरमात्र फलादेश गर्न सकिन्छ र त्यसरी गर्दा ग्यारेन्टी पनि हुन्छ ।                                                                                                                    ज्याे.दैवज्ञ त्रिकालदर्शी शिराेमणी टिकाराम भुषाल             केन्द्रीय बिशिष्ट सभापति                                              नेपाल ज्याेतिष परिषद्                                                 सामाखुसीचाेक,काठमाडौं                                            भरतपुर हाईट,चितवन                                                   ९८५५०५८४०१

Comment here